Jul 27 2026 | २०८३, श्रावण ११ गते

अध्यादेशबाट संघीय शिक्षा ऐन ल्याउन र बालविकास शिक्षकको सुविधा बढाउन माग

अध्यादेशबाट संघीय शिक्षा ऐन ल्याउन र बालविकास शिक्षकको सुविधा बढाउन माग

  • 411
    SHARES

  • अध्यादेशबाट संघीय शिक्षा ऐन ल्याउन र बालविकास शिक्षकको सुविधा बढाउन माग

    काठमाडौं । नेपाल शिक्षक महासंघसहित विभिन्न शिक्षक संघठनले प्रतिनिधिसभामा विघटन भएको स्थितिमा अध्यादेशबाट संघीय शिक्षा ऐन ल्याउन माग गरेका छन् ।

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठसँग मंगलबार सिंहदरबारमा शिक्षक नेताहरुको प्रतिनिधि मण्डलले भेटी नयाँ संविधानअनुसार संघीय ऐन ल्याउन ढिला भएकाले अध्यादेश ल्याउन माग गरेको हो ।

    टोलीले बालविकास केन्द्रका सहजकर्ताहरुको सुविधा बढाउन, कक्षा ११ को नयाँ पाठ्यक्रम कार्यान्वयन गर्न, द्वन्द्वपीडित शिक्षकहरुको पुनर्बहाली गर्नलगायत विषयमा पनि मन्त्रीसमक्ष ध्यानाकर्षण गराइएको र मागप्रति नवनियुक्त मन्त्री श्रेष्ठ सकारात्मक रहेको महासंघका अध्यक्ष बाबुराम थापाले जानकारी दिए ।

    उनले शिक्षाका व्यापारी र दलालीकर्ताहरुसँग सतर्क रहेर काम गर्न पनि आफूहरुले सुझाव दिएको बताए ।

    images
    शुक्रवार, पौष २४ २०७७०७:४२:२७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार