बिहिवार, माघ ६ २०७८
काठमाडौँ- लोक सेवा आयोगका परीक्षा स्थगित भएका छन् । आयोगको आज बसेको बैठकले यही माघ ११ गतेदेखि माघ मसान्तसम्मका लागि स्थगन गर्ने निर्णय गरेको आयोग स्रोतले प्रशासनलाई जानकारी दियो ।
देशव्यापी कोरोना सङ्क्रमण बढ्दै गएको र परीक्षार्थी तथा कर्मचारी नै सङ्क्रमित हुने क्रम बढिरहेकोले परीक्षा केही दिनका लागि सार्नुपर्ने आवाज उठेको थियो ।
