Jul 27 2026 | २०८३, श्रावण ११ गते

भौतिक रुपमै परिक्षा सञ्चालन गर्ने पोखरा बिश्वबिद्धालयको सूचना ।

भौतिक रुपमै परिक्षा सञ्चालन गर्ने पोखरा बिश्वबिद्धालयको सूचना ।

  • 702
    SHARES

  • भौतिक रुपमै परिक्षा सञ्चालन गर्ने पोखरा बिश्वबिद्धालयको सूचना ।

    कास्की/८ माघ- पोखरा विश्वविद्यालयले विद्यार्थीको सम्पुर्ण परीक्षाहरु भौतिक उपस्थितिमा नै सञ्चालन गर्नका लागि तयारी गर्न आफू मातहतका आंगिक तथा सम्बन्धन प्राप्त सबै कलेजलाई निर्देशन दिएको छ ।

    फागुन महिना देखि सञ्चालन हुने सम्पूर्ण परीक्षाहरु विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गरीने भएकाले मातहतका सबै कलेजलाई तयारी गर्न निर्देशन दिएको हो ।

    कोरोना संक्रमण फेलिरहेको सन्दर्भमा नेपाल सरकारबाट विश्वविद्यालयबाट सञ्चालन गरीने परीक्षाहरु जनस्वस्थ्य मापदण्ड अपनाई भौतिक रुपमा सञ्चालन गर्न निर्देशन भए अनुसार विश्वविद्यालयले स्नातक तहका सम्पूर्ण कार्यक्रमहरुको परीक्षा भौतिक रुपमा लिने निर्णय गरेको जनाएको छ ।

    त्यसै गरि बिश्वबिद्धालय सम्पुर्ण परिक्षाहरु स्थगित भन्दै गरिएकी हल्ला को खन्डन गर्दै सामाजिक संजालमा फेक नोटिस बनाइ परीक्षा सम्बन्धी कपोकल्पित तथा भ्रामक हल्ला फैलाएकोले सो भ्रममा नपर्न सम्बन्धित सबैमा सुचना जारी गरेको छ।

    यस्तो छ बिश्वबिद्धालयको सूचनाहरु ।

    Screenshot_20220122-093618_Facebook.jpgScreenshot_20220122-093225_Facebook.jpg

    images
    शनिवार, माघ ८ २०७८०९:४९:५०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार