Oct 05 2026 | २०८३, आश्विन १९ गते

शिक्षक सेवा आयोगले खोलेको स्थायी शिक्षक पदको लागि दुई लाखभन्दा बढी आवेदन।

शिक्षक सेवा आयोगले खोलेको स्थायी शिक्षक पदको लागि दुई लाखभन्दा बढी आवेदन।

  • 717
    SHARES

  • शिक्षक सेवा आयोगले खोलेको स्थायी शिक्षक पदको लागि दुई लाखभन्दा बढी आवेदन।

    काठमाडौँ, माघ ११ गते । शिक्षक सेवा आयोगले माध्यामिक, निम्न माध्यमिक र प्राथमिक तहमा स्थायी शिक्षक पदमा आवेदन फारम भर्ने दुई लाखभन्दा बढीको आवेदन परेको छ । आयोगले जनाए अनुसार आइतबारसम्म दुई लाख १८ हजार ३८३ जनाले आवेदन भरेका हुन्।

    आयोगले जनाए अनुरुप माध्यमिक तहका लागि आवेदन फाराम भर्ने म्याद शनिबार सकिएको छ र सो तहका ३६ हजार ५८२ जनाले आवेदन फाराम भरेका छन् ।

    आयोगका अनुसार आइतबारसम्म प्राथमिक तहमा ९५ हजार ८६ र निम्न माध्यमिक तहमा ८६ हजार ७१५ जनाले आवेदन फाराम भरिसकेका छन् । निम्न माध्यमिकको माघ १५ र प्राथमिक तहको माघ २० गतेसम्म आवेदन फाराम बुझाउने अवधि छ ।

    आयोगका सूचना अधिकारी सुदर्शन मरहट्ठाले आवेदन फाराम भर्ने उम्मेदवारको सङ्ख्या तुलनात्मक रूपमा कम भएको बताउँदै भन्नुभयो, “आवेदन फाराम भर्ने उम्मेदवारको सङ्ख्यामा कमी आउनुका कारण बारे विश्लेषण गरिसकेका छैनौँ तर विगतमा एकभन्दा बढी प्रदेशबाट पनि फाराम भर्ने गरेका थिए ।

    यस पटकबाट अनलाइन माध्यमबाट आवेदन फाराम भर्न पाउने व्यवस्था छ । यसअघि लिइएको माध्यमिक तहको परीक्षामा ६० हजारले आवेदन फाराम भरेका थिए ।

    यस पटकबाट एक स्थानमा मात्र फाराम भर्न सकिने व्यवस्थाले यो सङ्ख्यामा कमी आएको हुनसक्छ । ” आयोगले माध्यमिक तहका उम्मेदवारबाट तीन करोड ६५ लाख ८२ हजार रुपियाँ, निम्न माध्यमिक तहका उम्मेदवारबाट छ करोड सात लाख पाँच सय रुपियाँ र प्राथमिक तहका उम्मेदवारबाट छ करोड ७५ लाख ४३ हजार पाँच सय रुपियाँ गरी १४ करोड ४८ लाख २६ हजार रुपियाँ राजस्व उठाइसकेको छ ।

    #गोरखापत्र !

    images
    मंगलवार, माघ ११ २०७८०९:५४:४१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार