Oct 05 2026 | २०८३, आश्विन १९ गते

माघ महिनाभर भौतिक पठनपाठन बन्द गर्न सीसीएमसीको सिफारिस।

माघ महिनाभर भौतिक पठनपाठन बन्द गर्न सीसीएमसीको सिफारिस।

  • 6.3K
    SHARES

  • माघ महिनाभर भौतिक पठनपाठन बन्द गर्न सीसीएमसीको सिफारिस।

    माघ १४, काठमाडौं- कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले माघ महिनाभरी विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन नगर्न सिफारिस गरेको छ। केन्द्रको आज बसेको बैठकले माघ अन्तिम सम्म भौतिक उपस्थितिमा शैक्षिक संस्था संचालन नगर्न मन्त्रिपरिषद समक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

    यसअघि सीसीएमसीसीको सिफारिसअनुसार माघ १५ सम्म विद्यालयलगायत सबै शिक्षण संस्था बन्द गर्ने निर्णय भएको थियो। 

    कोभिड संक्रमणको जोखिम कम नभएका कारण शिक्षण संस्था खोल्न लगाइएको रोक थप लम्ब्याउन सीसीएमसीले सिफारिस गरेको हो।

    यद्यपि सिसिएमसिले विश्वविद्यालयका सम्पुर्ण परीक्षाहरुलाई स्वास्थ्य मापदण्ड पालना गर्दै संचालन गर्न अनुमति दिन समेत सरकारलाई सिफारिस गरेको छ ।

    त्यसैगरी बैठकले सार्वजनिक यातायातको लागि जोर-बिजोर प्रणाली हटाउन सिफारिस गरेको छ भने निजि सवारी साधनमा भने जोर-बेजोर प्रणाली यथावत रहने बताएको छ।

     

    images
    शुक्रवार, माघ १४ २०७८०७:०२:३३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार