Oct 04 2026 | २०८३, आश्विन १८ गते

नेपाली भाषाको संरक्षण र सम्बर्द्धनका लागि नेपाली भाषा शिक्षक समाज गठन

नेपाली भाषाको संरक्षण र सम्बर्द्धनका लागि नेपाली भाषा शिक्षक समाज गठन

  • 62
    SHARES

  • नेपाली भाषाको संरक्षण र सम्बर्द्धनका लागि नेपाली भाषा शिक्षक समाज गठन

    काठमाडौँ, १७ असोज । नेपाली भाषाको संरक्षण, सम्बर्द्धन तथा शिक्षणलाई थप प्रभावकारी बनाउने उद्देश्यले देशभरका नेपाली विषय शिक्षकहरू संगठित भएका छन्। नेपाली विषय शिक्षकहरूको राष्ट्रिय भेलाले नारायणप्रसाद गौतमको अध्यक्षतामा ९९ सदस्यीय तदर्थ नेपाली भाषा शिक्षक समाज गठन गरेको हो।

    1791079850111~2.jpg

    शनिबार काठमाडौँमा सम्पन्न राष्ट्रिय भेलाले नेपाली भाषा, साहित्य तथा शिक्षण क्षेत्रमा क्रियाशील शिक्षकहरूलाई एउटै संस्थागत संरचनामा आबद्ध गर्दै समाज गठन गरेको हो।

    समाजको उपाध्यक्षमा उमेश अधिकारी, महिला उपाध्यक्षमा राममाया अधिकारी तथा प्रदेश उपाध्यक्षमा हरिप्रसाद तिमिल्सिना र रुपिन्द्र प्रभावी जोशी चयन भएका छन्। त्यस्तै, महासचिवमा राजेन्द्रप्रसाद रिमाल, उपमहासचिवमा पुरनप्रसाद पैँतौला, बुद्धिसागर अधिकारी र शकुन्तला भण्डारी तथा सचिव (अर्थ) मा जीवराज आचार्य रहेका छन्।

    1791079855292~2.jpg

    समितिको केन्द्रीय सदस्यमा अर्जुनकुमार श्रेष्ठ, नवराज भेटुवाल, शिवराम चालिसे, विमला लामिछाने, नीता पोखरेल, मणिराम घिसिङ, गणेश बुढा, हिमालयप्रसाद शर्मा, विक्रमराज भट्टराई, प्रतिमा पौडेल, खेमनाथ सापकोटा, विश्वराज खनाल, देवीप्रसाद खरेल, सरिता ढकाल फुँयाल, सुरेशकुमार बस्नेत, लक्ष्मीप्रसाद घिमिरे, शान्ता पन्थी, डा. सीता सुवेदी पन्थी, रमेशचन्द्र घिमिरे, माधवप्रसाद गौतम, भीमप्रसाद भुसाल, जुनामाया कार्की, मोहन विष्ट, इन्द्रा खड्का, गायत्रीप्रसाद खनाल र भूपेन्द्र बिसी रहेका छन्।

    1791079906050~2.jpg

    त्यसैगरी, केन्द्रीय सल्लाहकार परिषद्‌मा डा. जानुका नेपाल, केदारप्रसाद दाहाल र कुमारप्रसाद खतिवडा रहेका छन्।

    नवनिर्वाचित अध्यक्ष नारायणप्रसाद गौतमका अनुसार समाजले नेपाली भाषा, साहित्य र शिक्षणसँग सम्बन्धित विभिन्न गतिविधि सञ्चालन गर्नेछ। नेपाली भाषा शिक्षणका क्षेत्रमा देखिएका समस्या पहिचान गरी समाधानका लागि पहल गर्ने, शिक्षकहरूबीच अनुभव आदानप्रदान गर्ने तथा नेपाली भाषाको संरक्षण र सम्बर्द्धनमा योगदान पुर्‍याउने समाजको उद्देश्य रहेको उनले बताए।

    देशभरका विद्यालय तहमा नेपाली विषय अध्यापनरत शिक्षकहरूलाई संगठित गर्दै गठन गरिएको समाजले नेपाली भाषा शिक्षणको गुणस्तर अभिवृद्धि तथा नेपाली भाषा र साहित्यको विकासमा समेत भूमिका खेल्ने अपेक्षा गरिएको छ।

    1791079825734.jpg

    images
    आइतवार, आश्विन १८ २०८३०७:५४:३९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार