Jul 27 2026 | २०८३, श्रावण ११ गते

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको लागि आवेदन दिने बिद्यालय  १३ हजार ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको लागि आवेदन दिने बिद्यालय  १३ हजार ।

  • 771
    SHARES

  • राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको लागि आवेदन दिने बिद्यालय  १३ हजार ।

    माघ, १६।काठमाडौ - राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको लागि आवेदन दिने विद्यालयको संख्या करिब १३ हजार पुगेका छन् ।

    शिक्षा तथा मानव स्रोत बिकास केन्द्रले गत महिना आवेदन माग गरेकोमा  पुस मसान्तसम्म  विद्यालयहरुले आवेदन दिएका थिए।

    पुस अन्तिम सम्म विद्यालयले पठाएका दिएका आवेदनहरुको  विषयमा छानबिन शुरू गर्न थालेको केन्द्रका केन्द्रका महानिर्देशक चूडामणि पौडेलले जनाएको छ।  महानिर्देशक सर्माका अनुसार उनका करिब दुई साताभित्र सबै छानबिन गरी निर्देशक समितिको बैठक बस्ने तयारी छ । ‘आवेदनको अध्ययन गरी सर्ट लिस्टिङ गर्नेछौं, त्यसपछि मात्रै निर्णय हुनेछ’ –महानिर्देशक शर्माले भने।

    केन्द्रका अनुसार शैक्षिक सुधार  कार्यक्रम अन्तर्गत १३ वटा शीर्षकमा बजेट खर्च हुनेछ । केन्द्रका प्रवक्ता एवं सहसचिव डिल्लीराम लुइँटेलले आवेदनमाथि छानबिन गरी मन्त्रालयमा पेस गर्ने जानकारी दिए । उनले भने– ‘सबै विषयमा छनाबिन गर्नेछौं, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अध्यक्ष रहेको निर्देशक समितिको बैठकले निर्णय गरी कार्यान्वयन गर्नेछ ।’

    ८ अर्ब ८७ करोड रुपियाँको यो कार्यक्रम एकै वर्षमा खर्च हुने सरकारको महत्वकांक्षी बजेट हो ।

     

    images
    आइतवार, माघ १६ २०७८०८:०५:१३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार