आइतवार, माघ १६ २०७८
माघ, १६। काठमाडौं -राष्ट्रिय परीक्षा बोर्ड शोधपत्र लेखनका लागि प्रस्थाव आह्वान सम्बन्धि सूचना प्रकाशित गरेको छ। माध्यामिक शिक्षाको परीक्षा/ मूल्याङ्कनसँग सम्बन्धित विषयमा आधारित शोत्रपत्र लेखनका लागि प्रस्ताव आह्वान गरेको हो ।
राष्ट्रिय परीक्षा बोर्डले यस आ.व. २०७८/७९ मा सोधपत्र लेखनका लागि निम्नानुसार सहयोग अनुदान प्रदान गर्ने ब्यबस्था गरिएकोहुदा माध्यामिक शिक्षाको परीक्षा/मूल्याङ्कनसंग सम्बन्धित बिषयमा सोधपत्र लेखनका लागि प्रस्थाप पेश गर्न आह्वान गरेको छ।
बोर्डले उक्त शोधपत्रहरु तयार गर्न विभिन्न विश्वविद्यालयमा अध्ययनरत इच्छुक विद्यार्थी/शोधार्थीहरुबाट सूचना प्रकाशित भएको ३५ दिनभित्र प्रस्ताव पेसगर्नु पर्ने जनाएको छ।
त्यसैगरी स्नातकोत्तर तहका लागि शोत्रपत्र तयार गर्न प्रति शोधपत्र रु ५० हजार र वीद्यावारिधि तहका लागि १ लाखका दरले अनुदान प्रदान गरीने बताइएको छ। बिस्तृत जानकारीका लागि बोर्डको वेबसाईट www.neb.gov.np मा हेर्न सकिने छ।
