Jul 27 2026 | २०८३, श्रावण ११ गते

त्रिविको लापरबाही, वर्ष दिनसम्म पनि नतिजा प्रकाशन नगर्दा विद्यार्थीको भविष्यमाथी खेलवाड ।

त्रिविको लापरबाही, वर्ष दिनसम्म पनि नतिजा प्रकाशन नगर्दा विद्यार्थीको भविष्यमाथी खेलवाड ।

  • 1.0K
    SHARES

  • त्रिविको लापरबाही, वर्ष दिनसम्म पनि नतिजा प्रकाशन नगर्दा विद्यार्थीको भविष्यमाथी खेलवाड ।

    माग १७, काठमाडौं - हामिलाइ बसै भन्दा बढी सोधेने प्रश्न भने हाम्रो नतिजा कहिले आउँछ? बिएड प्रथम बर्षको नतिजा किन नआएको? दोश्रो बर्सको नतिजा न आको एक बर्ष भयो किन ढिला भयो? यस्तै यस्तै प्रश्नले हामिलाइ गिज्याइरहन्छ।

    बिश्वबिद्धालयको ढिलासुस्ती, लापरबाहीले र राजनिती खिचातानीले बिश्वबिद्धालय धरासय मात्रै होइन त्यो संग जोडिएको लाखौ विद्यार्थी हरुको भविस्य माथी नै खेलवाड भैरहेको छ।

    सामान्यतया परीक्षा सकिएको तीन महिनाभित्र नतिजा सार्वजनिक गर्नुपर्ने त्रिविको नियम छ तर त्रिभुवन विश्वविद्यालयले परीक्षा लिएको एक वर्ष पुगिसक्दा समेत नतिजा प्रकाशन नगर्दा विद्यार्थी अत्यन्तै अन्यौलतामा परेका छन।

    स्नातक तह दोस्रो वर्षको केही विषयको परीक्षा गत फागुनमा सञ्चालन भइरहँदा कोरोना सङ्क्रमण फैलिएपछि भदौमा सकिएको थियो अहिले तेस्रो वर्षको परीक्षासमेत फागुनको पहिलो साता सार्वजनिक गर्न पनिकाले तालिका सार्वजनिक गरिसकेको छ तर अघिल्लो वर्षकै नतिजा नआउँदा मानसिक तनाव भएको विद्यार्थीको गुनासो छ।

    स्नातक तह पहिलो वर्षका परीक्षार्थीको पनि फागुनको पहिलो साताबाटै परीक्षाको मिति तय गरिएको छ तर अघिल्लो वर्षको परीक्षाको नतिजा अहिलेसम्म सार्वजनिक भएको छैन । यस्तो अवस्थामा विद्यार्थी हरुको भविष्य कता जान्छ?

    अधिकांश विषय तथा तहका परीक्षाको नतिजा सार्वजनिक गर्न त्रिविले छ महिनादेखि एक वर्षसम्म लगाउने गरेको छ । हालसम्म पनि बिश्वबिद्धालय र परीक्षा नियन्त्रण कार्यालयको कमजोरीको परिणाम विद्यार्थीले भोगिरहेका छन् । यसरी नतिजा प्रकाशित हुने ढिलाइले विद्यार्थीमा अत्यन्तै तिब्र मानसिक असर पर्ने गरेको छ ।

    एक विद्यार्थीले हामिलाइ भने “पोहोर दिएको परीक्षाको नतिजा अझै सार्वजनिक भएको छैन । अर्को परीक्षा आउन लागिसक्यो । हामी अनुत्तीर्ण भयौँ भने कहिले फाराम भरेर कहिले परीक्षा दिने ?” हामी संग यसको जवाफ छैन। जवाफदेहीता कसको?

    यस बिसयमा कुरा गर्दा परीक्षा नियन्त्रक पुष्पराज जोशीले नतिजा सार्वजनिक गर्न जनशक्ति अभाव रहेकाले नतिजा सार्वजनिक गर्न ढिलो भएको बताउनुभयो । कार्यालयमा हाल रहेका कर्मचारीमध्ये सबै कर्मचारी सूचना प्रविधिमा अभ्यस्त नहुँदा झन् समस्या हुने गरेको त्रिविले बताउँदै आएको छ ।

    तर एक पटक मात्रै होइन पटकपटक दोहोरी रहने नतिजा सार्वजनिक को बिषयमा बिश्वबिद्धालय को हेल्चक्राइ नै प्रमुख कारण हो। यदि कर्मचारी अभाव हो भने कर्मचारी किन राखिदैन? किन प्राबिधिक कर्मचारी को माग गरिदैन? यसको जवाफ न त्रिवि संग छ नत पनिका संग। बिश्वबिद्धालयले यसको समाधान चाँडो गर्नुपर्छ।

     

    images
    सोमवार, माघ १७ २०७८०४:०६:२४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार