Jul 27 2026 | २०८३, श्रावण ११ गते

शिक्षक अस्पताल चितवनमा बनाउने सरकारको निर्णय।

शिक्षक अस्पताल चितवनमा बनाउने सरकारको निर्णय।

  • 914
    SHARES

  • शिक्षक अस्पताल चितवनमा बनाउने सरकारको निर्णय।

    काठमाडौं: नेपाल सरकार मन्त्री परिषदको बैठकले शिक्षक अस्पताल चितवनमा निर्माणकालागि स्वीकृति दिएको छ। सोमबार बसेको मन्त्रीपरिषद को बैठकले चितवनको भरतपुर महानगरपालिका वडा १५ मा निर्माण गर्नका लागि स्वीकृत दिएको हो।

    शिक्षक अस्पतालको पूर्वसम्भाव्यता अध्ययन एवम् जग्गा पहिचान समितिले भरतपुर महानगरपालिका–१५ भगवानपुर कित्ता नम्बर (५०,५१,५२,६०,६१,६२ र ६३) प्रस्तावित शिक्षक अस्पतालका लागि २१ विगा जग्गा उपुयक्त रहेको प्रतिवेदनमा उल्लेख गरेको थियो ।

    निर्णय अनुसार तत्कालका लागि ३०० शैयाको शिक्षक अस्पताल बन्नेछ भने भबिस्यमा त्यसैलाई शिक्षक/कर्मचारी शिक्षण अस्पतालको रुपमा स्थापित गर्ने बताइएको छ।

    अस्पताल नेपाल सरकारबाट स्वीकृत मापदण्ड बमोजिम भवन तथा पूर्वाधार, प्रशासकीय कार्यालय, बहिरंग विभाग, अन्तरंग विभाग, इमर्जेन्सी विभाग, प्रयोगशाला, फार्मेसी, रेडियोलोजी विभाग, क्यान्टिनसहितको सुविधासहित वातावरणीय संरक्षण ऐन २०७६ बमोजिम वातावरण प्रभाव मूल्यांकन प्रतिवेदन तयार गरी मापदण्डले तोके बमोजिम जनशक्ति व्यवस्थापनका लागि प्रक्रिया अगाडी बढाउने निष्कर्षसमेत समितिले निकालेको छ ।

    अस्पताल बनेपछि शिक्षक, कर्मचारी तथा उनका परिवारलाई उपचारमा ४० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था हुनेछ ।

    यो संगै झन्डै ३५  बर्ष अगाडि देखिको शिक्षक कर्मचारी र सरोकारवालाहरुको  माग र मुद्दा राज्यबाट सम्बोधन ,कार्यनयनको चरणमा पुगेको हो।

     

    images
    सोमवार, माघ १७ २०७८०८:२९:४२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार