Oct 05 2026 | २०८३, आश्विन १९ गते

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य।

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य।

  • 742
    SHARES

  • फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य।

    माघ १८- काठमाडौ - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँले बढाएको हो ।

    नयाँ मूल्यसूची अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १४२ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १२५ पुगेको छ ।

    त्यसैगरी निगमले आन्तरिक हवाई ईन्धनमा प्रति लिटर १० रुपैयाँले वृद्धि गरी प्रति लिटर ११६ पुगेको छ । तर एलपी ग्यासको मूल्य  भने यथावत राखिएको छ । 

    मुल्य वृद्धिले जनताले थोग्न नस्क्ने भन्दै आन्दोलन भैरहेको अवस्था पेट्रोलियम पदार्थमा फेरि मूल्य वृद्धि हुदा थप आन्दोलन हुने निश्चित भएको छ। पेट्रोलियम पदार्थ्मा भएको मूल्य वृद्धिले बजार झन महंगो हुने र हरेक बस्तुमा त्यसले प्रभाव पार्ने र भन्दै निरन्तर आलोचना भने भैरहेको छ।

    यद्यपि  मूल्य वृद्धि स्वभाबिक भन्दै आयल निगम ले भने अझै घाटामा गैरहेको तथ्यांक सार्वजनिक गरेको छ।Screenshot_20220201-213456_Facebook.jpg

     

    images
    मंगलवार, माघ १८ २०७८०९:४३:०४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार