बिहिवार, माघ २० २०७८
माघ, २०/ काठमाडौ - काठमाडौको गोकर्णेश्वर नगरपालिकाले माघ २३ गते आइतबारदेखि भौतिक रुपमै विद्यालय संचालन निर्णय गरेको छ । आज एक सूचना जारी गर्दै नगरले बिद्यालयका शिक्षक, अभिभावक, शिक्षाका पेशागत संस्थाका पदाधिकारीको चाहना तथा माग अनुसार शिक्षण संस्था भौतिक उपस्थिति मै संचालन गर्ने निर्णय गरेको हो।
नगरले शिक्षा समितिको मिति २०७८/ माघ १८ को बैठकले नगरपालिकाभित रहेका सबै बिद्यालय/ शिक्षालय सामाजिक एबं भौतिक दुरिको पालना गर्दै पुर्ण सजकता र सतर्कताका अपनाइ विद्यार्थी र शिक्षकको भौतिक उपस्थिति मै बिद्यालय संचालन गरे जनाएको छ।
भौतिक दुरि काम भए नभएको बिषयमा नगरपालिका बाट अनुगमन गरिने र सो अनुसर नपाइए नियम अनुसार कारबाही गरिने समेत बताइएको छ।
यस अघि गृह मन्त्रालयले देशै भरी भौतिक उपस्थिति मा शिक्षण संस्था संचालन गर्ने निर्देशन दिएको र पालना गरे नगरेको डिसिएमसिसीले अनुगमन र कार्बाही गर्ने जनाएको थियो।
