Jul 27 2026 | २०८३, श्रावण ११ गते

प्रम कार्यलयमा सरोकारवालाहरु संग छलफल, फागुन १ गतेदेखि शैक्षिक संस्था सञ्चलन गर्न सुझाव।

प्रम कार्यलयमा सरोकारवालाहरु संग छलफल, फागुन १ गतेदेखि शैक्षिक संस्था सञ्चलन गर्न सुझाव।

  • 1.1K
    SHARES

  • प्रम कार्यलयमा सरोकारवालाहरु संग छलफल, फागुन १ गतेदेखि शैक्षिक संस्था सञ्चलन गर्न सुझाव।

    माघ,२१/ काठमाडौं - शैक्षिक संस्था संचालन गर्ने सम्बन्धमा शुक्रबार प्रधानमन्त्रीको कार्यालयमा सरोकारवाला बिज्ञहरुसँग छलफल भएको छ। कोभिड -  छलफलमा सरोकारवालाहरुले कोभिड १९ संक्रमणका कारण बन्द भएका शैक्षिक संस्था फागुन १ देखि खुला गर्न सुझाव दिएका हुन् ।

    प्रधानमन्त्री कार्यलयमा भएको छलफलमा शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्मा, प्रधानमन्त्री कार्यालयका सचिव, संघीय मामिलाका सहसचिव, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ,अभिभावक महासंघ,प्याब्सन,एनप्याब्सन, नेपाल शिक्षक महासंघ लगायतका सरोकारवाला र पदाधिकारीहरुको सहभागी रहेको थियो ।

    छलफलमा विद्यालय लामो समयदेखि बन्द रहेका कारण बालबालिका शिक्षण सिकाईबाट बञ्चित भएकाले जनस्वास्थ्य मापदण्ड पुर्णतः पालना गरि फागुन १ गतेदेखि विद्यालय सञ्चलन गर्नका लागि सरोकारवालाहरुले सिसिएमसीलाई समेत आग्रह गरिएको बताइएको छ ।

    कोभिड संक्रमणका कारण २०७७ र २०८८ मा गरिएको विद्यालय बन्दले शिक्षा क्षेत्रको सिकाई उपलब्धिको गुणस्तरमा कमि आएको र कोभिड संक्रमणको दरमा पनि कमि आउँदै गएका कारण फागुन १ गतेदेखि विद्यालय सञ्चालन गर्न सबै पक्षले सुझाब दिएको बताइएको छ।

    अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर फागुन १ गतेदेखि विद्यालय खोल्नु पर्ने निष्कर्ष निकालिएको जानकारी दिए । उनले विद्यालय सञ्चालन स्थानीय तहको भएकाले यसको अधिकार स्थानीय तहलाई दिनुपर्ने विषयमा छलफल भएको जानकारी दिए ।

    त्यसैगरी बिद्यालय संचालन बारे आइतबार सिसिएमसिको बैठक बस्ने र फागुन १ देखि विद्यालय सञ्चालन बारे थप निर्णय गर्ने बताइएको छ ।

     

    images
    शुक्रवार, माघ २१ २०७८०७:२०:४८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार