शुक्रवार, माघ २१ २०७८
माघ,२१/भक्तपुर - राष्ट्रिय परीक्षा बोर्ड परिक्षा नियन्त्रण कार्यलयले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) को नतिजा प्रकाशित गरेको छ । बोर्डले २०७८ साल माघ २ र ३ गते संचालन गतेको कक्षा १२ को ग्रेडवृद्धि (पुरक) परिक्षार्थीहरुको नतिजा प्रकाशित गरेको हो।
ग्रेडवृद्धि परिक्षामा कुल ४२ हजार ४७ जना विद्यार्थी सहभागी भएको मा ४ जनाको परिक्षा रद्ध गरेको राष्ट्रिय परिक्षा बोर्डले जनाएको छ।
परिक्षाको नतिजा हेर्न बोर्डको वेबसाईट www.neb.gov.np र नेपाल टेलिकमको वेबसाईट www.neb.ntc.net.np मा गएर हेर्न सकिने बताइएको छ। त्यसैगरी नेपाल टेलिकमको NEBsymbol No. टाइप गरि १६०० मा SMS गरि हेर्न सकिने बताइएको छ।

त्यसैगरी राष्ट्रिय परीक्षा बोर्डले पूर्वावश्यक पाठ्यक्रमको मौका परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ ।
