शनिवार, माघ २२ २०७८
काठमाडौँ, माघ २२ गते । विद्यालयतहको नयाँ शैक्षिक सत्र कोभिड–१९ को दोस्रो लहरका कारण गतअसार १ गतेदेखि सुरु भएको चालू शैक्षिकसत्र अव भने आउने वैशाखदेखि सुरु गर्ने तयारी गरेको छ। यस संगै बिश्वबिद्धालयका परिक्षाहरु समेत बैशाख महिना भित्र सक्नुपर्ने भएको छ।
नेपाल सरकारले आगामी जेठ महिनामा स्थानिए चुनाव घोषणा गरिसकेको अवस्था पनि शैक्षिकसत्र बैशाख महिना भित्रै शुरु गर्नुपर्ने दवाब रहेको छ भने बिश्वबिद्धालय का परिक्षा हरु समेत बैशाख भित्रै सक्नुपर्ने अवस्त्ग्स्स रहेको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव दीपक शर्माले कोभिड–१९ को असर स्थिर अथवा धटेको अवस्था मा आगामी फागुन र चैतभरि पठनपाठनलाई निरन्तरता दिइ बैशाख पहिलो साता परिक्षा गर्ने गरि तयारी भैरहेको बताए।
उनले भने, ''त्यसो भएमा बाँकी कोर्स पनि पूरा हुनेछ र आगामी वैशाखको पहिलो सातामा वार्षिक परीक्षा गर्ने र लगत्तै नतिजा सार्वजनिक गरी नयाँ शैक्षिक सत्र थालिने छ ।” यद्यपि कोभिड संक्रमण तीब्र फैलिए को अवस्थामा भने निर्णय फरक हुन सक्ने जनाए।
प्रबक्ता शर्माकाले शैक्षिक सत्र सकिएपछि लामो बिदा दिने चलन यसपटक हटाइ “चैत मसान्तसम्म विद्यार्थीलाई नअल्मल्याऔँ । पढ्न दिऊँ । छिटो विधिबाट सबै काम वैशाखमै सकौँ ।” विद्यालयहरूले औसतमा ५० देखि ६० प्रतिशतसम्म कोर्स सकेको अवस्था छ । अनलाइनमाध्यमबाट अध्यापन गर्नुपर्ने हुँदा विशेष गरी सामुदायिक विद्यालयका धेरै जसो विद्यार्थी पठनपाठनको पहुँचभन्दा टाढा छन् ।
नेपाल शिक्षक महासङ्घका अध्यक्ष कमला तुलाधरले आगामी चैतको अन्तिम सातासम्ममा बाँकी कोर्स सक्न समस्या नहुने बताउनुभयो । “वार्षिक परीक्षा आगामी चैतको अन्तिम सातामा लिएर वैशाखको पहिलो साताबाट नयाँ शैक्षिक सत्र सुरु गर्न समस्या हुँदैन” –उहाँले थप्नुभयो ।
त्यसैगरी आगामी जेठ पहिलो साता स्थानीय तहको निर्वाचन गर्ने तयारी भएसँगै सरकारले त्यसअघि नै विद्यालयदेखि विश्वविद्यालय तहका सबै परीक्षा सक्ने येजना बनाएको बताइएको छ।
निर्वाचन हुँदा पठनपाठनमा असर पर्ने भएकोले त्यसअघि नै स्थगित भएका परीक्षा सक्नु जरुरी पनि भएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जेठअघि नै परीक्षा गर्न विश्वविद्यालयलाई आग्रह गरेको छ भने विद्यालय तहको परीक्षा गर्ने राष्ट्रिय परीक्षा बोर्डलाई पनि यस्तै निर्देशन मन्त्रालयले दिएको बताइएको छ।