शनिवार, माघ २२ २०७८
काठमाडौ - नेपालको गुल्मी घर भएका प्राध्यापक डाक्टर मधु ज्ञवालीलाई अमेरिकाको टेक्सासमा आफ्नो कलेजबाट उत्कृष्ठ प्राध्यापक अवार्ड जितेका छन। टेक्सास राज्यको सान जेसिन्टो कलेजको साउथ क्याम्पसमा फिजिक्स विषयका प्राध्यापक डा.मधु ज्ञवाली त्यसरी सम्मान पाउने नेपाली मूलका प्राध्यपक हुन्।
कलेजले प्राध्यापक ज्ञवालीलाई टेक्सास राज्यभरिबाट नै उत्कृष्ट प्राध्यापक घोषित गर्नका लागि नोमिनेशनसमेत गरेको छ।
उनलाई टेक्सास राज्य भरिबाट उत्कृष्ठ प्राध्यापकले पाउने माइने पाइपर अवार्डका लागि सान जेसिन्टो कलेजले नोमिनेसन गरेको घोषणा पनि गरेको छ।
सो कलेजद्वारा हालै जारी गरिएको सूचनाअनुसार, उनी विगत ६ बर्षदेखि सो कलेजमा फिजिक्स विषयमा प्राध्यपनरत छन् । ५० हजारभन्दा बढी विद्यार्थीहरु भएको सो कलेज सिष्टममा ६ सयभन्दा बढी फ्याकल्टी मेम्बरहरु छन्।
ती छ सयबाट ६ जना उत्कृष्टमध्येमा परेका उनी छानिएका ६ मध्ये पनि सर्बोत्कृष्ट भई पाइपर अवार्डका लागि नोमिनेशसनमा परेका हुन्।
गुल्मीको ग्वादीमा सरकारी विद्यालयबाट प्रारम्भिक शिक्षा हासिल गरेर तानसेनबाट एसएलसी र तानसेनबाटै बीएस्सीसम्म पढेका उनले त्रिभुवन विश्वविद्यालयबाट फिजिक्समा स्नातकोत्तर गरेका थिए। उनले पिएचडी भने अमेरिकाबाट गरेका हुन्।
