Jul 29 2026 | २०८३, श्रावण १३ गते

स्थानीय प्रशासन र ठेकेदारको मिलोमतोमा भ्रष्टाचार, २०७५ मै सम्पन्न भइसक्नुपर्ने बिद्यालय भवन अझै बनेन।

स्थानीय प्रशासन र ठेकेदारको मिलोमतोमा भ्रष्टाचार, २०७५ मै सम्पन्न भइसक्नुपर्ने बिद्यालय भवन अझै बनेन।

  • 793
    SHARES

  • स्थानीय प्रशासन र ठेकेदारको मिलोमतोमा भ्रष्टाचार, २०७५ मै सम्पन्न भइसक्नुपर्ने बिद्यालय भवन अझै बनेन।

    माघ,२३/ कैलाली - घोडाघोडी नगरपालिका वडा न. १ मा अबस्थित श्री राष्ट्रिय कलेजको ५ कोठे निर्माणाधीन भवन २०७५ सालमै सम्पन्न भइसक्नु पर्ने हो। स्थानिय प्रशासन र ठेकेदारको मिलोमतोमा बजेट निकासा भएपनि  निर्माणाधीन भवन अलपत्र बनेको छ।

    यस बिषयमा स्थानिय प्रसाशन समेत मुकदर्शक बनेपछि स्थानिय स्थरमा चासोको बिषय बनेको छ। स्थानीय जनता र विद्यार्थी संगठनले स्थानिय प्रशासन र ठेकेदार मिलेर भ्रष्टाचार गरेको आरोप लगाइरहेका छन।Screenshot_20220206-153647_Messenger.jpg

    यसै सन्दर्भमा बिप्लव निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले बिद्यालय भवन चाँडो निर्माण गर्न दवाव स्वरुप क्याम्पस प्रशासनलाई बिज्ञप्ति बुझाएको छ।

    विद्यार्थी संगठनले बिगत देखीनै  क्याम्पस प्रशासन र नगरपालिका संग बारम्बार तत्काल निर्माण सम्पन्न गरि संचालनमा ल्याउन जोडदार माग गर्दै आएकोमा कुनै सुनुवाइ नभैसकेपछी चेतावनी सहित पुनः जानकारी बिज्ञप्ति बुझाएको जनाएको छ।Screenshot_20220206-153622_Messenger.jpg

    बिज्ञप्तिमा भनिएको छ, "घोडाघोडी नगरपालिकाबाट निकासा भैसकेको भनिएको आर्थिक बर्ष २०७४ को १८ लाख र आ .व. २०७५ को २० लाख  (जम्मा ३८ लाख )बजेट विनियोजन गरि आर्थिक बर्ष २०७५ को अन्त्य सम्ममा निर्माण सम्पन्न भई सक्नुपर्ने भवन हालसम्म  निर्माण सम्पन्न नभई अलपत्र परेको बिषयमा हाम्रो संगठन को गम्भीर ध्यानाकर्षण भयको र उक्त  भवन  निर्माणको सम्पुर्ण भुक्तानी भैसकेको तर भवन निर्माण कार्य अधुरो र अलपत्र  रहेको भन्ने बिषयमा घोडाघोडी नगरपालिका र क्याम्पस प्रशासनले तत्काल छानबिन गरि अभिभावक , विद्यार्थी लगायत आमजनसमुदाय सबैको बीचमा स्पष्ट पार्न अपिल गर्दछौ।"received_644115219970399.jpeg

    त्यसैगरी विद्यार्थी संगठनले घोडाघोडी नगरपालिका र क्याम्पस प्रशासनले समयमै  छानबिन गरि सत्यतथ्य बाहिर नल्याय संगठनको तर्फबाट थप संघर्षका कार्यक्रम घोषणा गर्न बाध्य हुने बताएको छ।

    यस्तो छ बिज्ञप्ति।

    received_369393224999364.jpeg

    images
    आइतवार, माघ २३ २०७८०३:५०:०८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार