Oct 05 2026 | २०८३, आश्विन १९ गते

कञ्चनपुरमा ६० हजार विद्यार्थीले दुइटै डोज खोप लगाए

कञ्चनपुरमा ६० हजार विद्यार्थीले दुइटै डोज खोप लगाए

  • 474
    SHARES

  • कञ्चनपुरमा ६० हजार विद्यार्थीले दुइटै डोज खोप लगाए

    कञ्चनपुर – जिल्ला स्वास्थ कार्यलय कञ्चनपुरले १२ देखि १७ वर्ष उमेर समूहका ६० हजार विद्यार्थीलाई कोभिड-१९ विरुद्धको दुइ वटै डोज खोप लगाइएको बताइएको छ। कार्यालयले सो उमेर समूहका ६४ हजार बालबालिकामध्ये ६० हजारले खोपको दोस्रो मात्रासमेत लगाइसकेको बताएको हो।

    जिल्ला स्वास्थ्य कार्यालयका खोप शाखा प्रमुख जनक कुँवरले विद्यालयहरुमा खोप अभियान निरन्तर सञ्चालनमा रहेको र केही दिन भित्रै ‘सो उमेर समूहमा छुटेका बालबालिकाहरुलाइ समेत खोप लगाइ सक्ने बताए।

    फागुन १ देखि बिद्यालय संचालन गर्ने तयारी भइरहदा जिल्ला जसस्वास्थ्य कंचनपुरले यस्तो विवरण सार्वजनिक गरेको हो।

    कोभिड १९ संक्रमणका कारण कञ्चनपुरमा हालसम्म २०८ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

     

    images
    सोमवार, माघ २४ २०७८०५:०९:३०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार