Jul 27 2026 | २०८३, श्रावण ११ गते

कक्षा ११ र १२ को परिक्षा निर्वाचन पछि हुने निश्चित

कक्षा ११ र १२ को परिक्षा निर्वाचन पछि हुने निश्चित

  • 1.2K
    SHARES

  • कक्षा ११ र १२ को परिक्षा निर्वाचन पछि हुने निश्चित

    माघ, २४/ काठमाडौ - नेपाल सरकार मन्त्री परिषदको बैठकले बैशाख ३० गते स्थानीय निर्वाचनको घोषणा गरे संगै कक्षा ११ र १२ को परिक्षा भने निर्वाचन पछि हुने निश्चित भएको छ।

    कोभिड १९ संक्रमणका कारण शिक्षण संस्था बन्द भएको कारण बिद्यालय तह कक्षा १ देखि १० सम्मका परिक्षा बैशाखमा हुने निर्णय संगै कक्षा ११ र १२ को परिक्षा भने स्थानीय निर्वाचन पश्चात् मात्रै हुने निश्चित भएको हो।

    राष्ट्रिय परिक्षा बोर्ड्ले यस बर्षको एसइइ परिक्षा प्रदेश स्थरमा बैशाख महिनामा गर्न तयारी थालिसकेको छ। बैशाख महिना १५ देखि निर्वाचन आचारसंहिता लागू हुने भएसंगै एसइइ परिक्षा समेत बैशाख १५ गते अगावै गर्नुपर्ने दवाब राष्ट्रिय परिक्षा बोर्डसामु आएको छ। यद्यपि बोर्डले परिक्षा कसरी गर्ने भन्ने निर्णय गरिसकेको छैन। प्रारम्भिक तयारी भने प्रदेश स्थरमा भौतिक उपस्थिति मै परिक्षा गर्ने रहेको जनाएको छ।

    यदि एसइइ परिक्षा बैशाख १५ गते भित्र भएको अवस्थामा कक्षा ११ र १२ को परिक्षा बैशाख ३० अर्थात निर्वाचन पश्चात् छिटोमा बैशाख १० देखि गर्न सक्ने अवस्था हुन सक्छ। यदि कोभिड संक्रमण दर स्थिर अथवा घटेको अवस्थामा यस बर्षको कक्षा ११र १२ को परिक्षा भौतिक उपस्थिती मै गर्ने तयारी भैरहेको राष्ट्रिय परिक्षा बोर्डले जनाएको छ।

     

    images
    सोमवार, माघ २४ २०७८०५:४२:४८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार