Oct 05 2026 | २०८३, आश्विन १९ गते

शिक्षकलाई कर्मचारी सरह सेवासुविधा दिइने

शिक्षकलाई कर्मचारी सरह सेवासुविधा दिइने

  • 1.5K
    SHARES

  • शिक्षकलाई कर्मचारी सरह सेवासुविधा दिइने

    माघ,२४/बागलुङ - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षकलाई पनि निजामती कर्मचारी सरह सेवा सुविधा दिइने बताएका छन्। बागलुङको ताराखोला गाउँपालिकाले आज आयोजना गरेको  शैक्षिक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पौडेलले शिक्षकलाई सो सुबिधा प्रदान गरिने बताएका हुन्।

    मन्त्री पौडेलले कर्मचारी र शिक्षकको कार्यविभाजन फरक भए पनि सेवासुविधा र अवसरमा शिक्षकलाई विभेद नगरिने समेत बताएका छन् । अन्तरक्रिया कार्यक्रममा बोल्दै पौडेलले यस विषयमा मन्त्रालयले निर्णय गरिसकेको छ, आउँदो बजेट, कार्यक्रमपछि कार्यान्वयनमा आउने बताए। उनले यस बिषयमा अर्थ मन्त्रालय र अरु निकायसँग पनि समन्वय भइरहेको जनाएका छन।

    कार्यक्रममा बोल्दै पौडेलले शिक्षकको वृत्ति विकासमा शिक्षा मन्त्रालय संवेदनशील रहेको र १८ वर्षदेखि रोकिएको शिक्षकको आन्तरिक बढुवाका लागि विज्ञापन खुलाएर प्रक्रिया अगाडि बढाइएको बताए ।

    त्यसैगरी शिक्षक सेवा आयोगको ११औँ संशोधन नियमावली मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि शिक्षक दरबन्दी मिलान, आन्तरिक बढुवा, अध्यापन अनुमति पत्रलगायत कामले गति लिएको उनको भनाइ छ ।

    त्यसैक्रममा मन्त्री पौडेलले शिक्षक महासङ्घका ३३ बुँदे माग सम्बोधनका लागि मन्त्रालय गम्भीर रहेको बताउँदै कतिपय माग पूरा हुँदैआएको बताए । विद्यालय समायोजनको प्रक्रिया अगाडि बढाइएको उल्लेख गर्दै अति न्यून विद्यार्थी भएका विद्यालयको पहिचान गरी अन्य विद्यालयसँग गाभिने उनको भनाइ छ । 

    मन्त्री पौडेलले यसअघि  सार्वजनिक शिक्षा सुधारका लागि ५५ बुँदे योजना सार्वजनिक गरिसकेका छन। त्यसका लागि सङ्घीय शिक्षा ऐन, उच्च शिक्षा ऐन र प्राविधिक शिक्षा ऐन निर्माणमा मन्त्रालयले गर्नुपर्ने काम सकिएको बताउँदै अन्य मन्त्रालयसँग छलफल गरी मन्त्रिपरिषद्मा लैजाने तयारी भएको बताए । 

    अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पौडेलले ताराखोलामा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गतको प्राविधिक शिक्षालय स्थापना गर्ने प्रतिबद्धतासमेत जनाएका छन्। उनले ताराखोलामा आधुनिक सुविधा सहित पुस्तकालय निर्माणका लागि मन्त्रालयमार्फत पहल लिने बताए । 

     

    images

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार