बुधवार, माघ २६ २०७८
माघ,२६/ बाजुरा – बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा बाजुराका एक शिक्षकलाइ प्रहरीले पक्राउ गरेको छ ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ झलारी घर भई बाजुराको सेती कर्णाली एकेडेमी बोडिङ स्कुलमा अध्यापन गराउँदै आएका शिक्षक भिम ठगुन्नाले राति होटलेमा सुतिरहेकी एक बालिकालाई जबर्जस्ती करणी गरेको भन्दै पक्रउ परेका हुन।
बालिकाको आफन्तले जबर्जस्ती करणी गरेको आरोपमा मुद्दा दिएपछि उनलाइ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
प्रहरिका अनुसार ठगून्नालाई माघ २३ गते पक्राउ गरी जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।