बिहिवार, माघ २७ २०७८
२७, माघ / काठमाडौ - राष्ट्रिय परिक्षा बोर्डले माध्यामिक शिक्षा परिक्षा (एसइइ/SEE) को परिक्षा तालिका प्रकाशित गरेको छ। बुधबार बसेको बोर्डको बैठकले २०७९ बैशाख ९ गते देखि २० गते सम्म संचालन हुने गरि एसइइ परिक्षा तालिका सार्वजनिक गरेको हो।
बोर्डले सरकारले घोषणा गरेको निर्वाचन १० दिन अगावै सकिने गरि परिक्षा तालिका प्रकाशित गरेको छ । यसअघि सरकारले बैशाख ३० गते निर्वाचनको मिति घोषणा गरिसकेको छ।
बोर्डले प्रकासित गरेको परिक्षा तालिका अनुसार बैशाख ९ गते शुक्रवार पहिले दिन अनिवार्य अंग्रेजी र अनिवार्य संस्कृत भाषा र साहित्यको परिक्षा हुने जनाएको छ।
तालिका हेर्न राष्ट्रिय परिक्षा बोर्डको website: www.neb.gov.np तथा परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को website: www.see.gov.np मा पनि हेर्न सकिनेछ ।
त्यसैगरी परीक्षासम्बन्धी कुनै कुरा स्पष्ट नभएमा राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा सानोठिमीको फोन न. (६६३०७३९६६३००७०, ६६३११४६ मा सम्पर्क गर्न सकिनेछ ।

