Jul 27 2026 | २०८३, श्रावण ११ गते

एसइइको अधिकार प्रदेशलाई हस्तान्तरण गर्ने प्रस्ताव मन्त्री परिषदमा सिफारिस, कक्षा १२ को तालिका छिट्टै प्रकाशित गर्ने।

एसइइको अधिकार प्रदेशलाई हस्तान्तरण गर्ने प्रस्ताव मन्त्री परिषदमा सिफारिस, कक्षा १२ को तालिका छिट्टै प्रकाशित गर्ने।

  • 868
    SHARES

  • एसइइको अधिकार प्रदेशलाई हस्तान्तरण गर्ने प्रस्ताव मन्त्री परिषदमा सिफारिस, कक्षा १२ को तालिका छिट्टै प्रकाशित गर्ने।

    माघ, २७/ काठमाडौ - राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईईको सबै अधिकार प्रदेशलाई हस्तान्तरण गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पुर्‍याएको छ । बोर्डले आज निर्णय गर्दै उक्त सिफारिस मन्त्री परिषदमा पुर्‍याएको हो।

    कोभिड महामारी र स्थानीय निकायको नजिकिँदो निर्वाचनबीच सञ्चालन हुन लागेको एसईई परीक्षामा कतिपय अधिकार यो वर्षबाट प्रदेशलाई पनि दिइएको महाश्रम शर्माले बताए ।

    शर्माका अनुसार परिक्षाको नतिजा प्रदेशबाट प्रकाशित गर्ने प्रस्ताव विचाराधीन छ यदि मन्त्री परिषदले स्वीकृत गरे आगामी दिनमा नतिजा प्रकाशन प्रदेशबाटै गर्ने र राष्ट्रिय परीक्षा बोर्डबाट प्रमाणीकरण गर्ने हिसाबबाट अगाडि बढ्नेछ।

    बोर्ड परीक्षा व्यवस्थापन नीति निर्धारण र मापदण्ड तयार गर्ने निकाय भएका कारण भएकाले पनि त्यसको समन्वय सहजिकरणमा प्रदेश परीक्षा व्यवस्थापन समितिको संयन्त्रबाट यी कामहरू हुनेछन्।

    बोर्ड्ले प्रस्थाप गरेको सिफारीसको प्रस्ताव स्वीकृत भए जुन प्रदेशले छिटो उत्तरपुस्तिका परीक्षणको काम सक्छ उसले पहिले नतिजा सार्वजनिक गर्न सक्नेछ ।

    बोर्डले गरेको सिफारिस स्वीकृत भए नयाँ व्यवस्थापन पछि बोर्डको समन्वयमा प्रादेशिक तहबाटै कक्षा १० को परीक्षा व्यवस्थापनका कार्यहरू हुने शर्माले बनाए।

    त्यसैगरी बोर्डले कक्षा १२ को तालिका केहिदिन भित्र सार्वजनिक गर्ने जनाएको छ। स्थानीय निर्वाचन घोषणा भइ सकेको अवस्थामा परीक्षा भने निर्वाचन सकिए लगत्तै संचालन हुने बताइएको छ।

    यहि अवस्था कायम रहे कक्षा १२ को परिक्षा भौतिक उपस्थिती मै राष्ट्रिय परिक्षा बोर्डले गर्ने जनाएको छ।

     

    images
    बिहिवार, माघ २७ २०७८०५:०८:५८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार