बिहिवार, माघ २७ २०७८
माघ, २७/ काँस्की - पोखरा बिश्वबिद्धालयले स्नातक तह छात्रवृत्ति छनोट परिक्षा [ बिज्ञान तथा प्रबिधि संकाय समुह (क) बिज्ञान तथा प्रबिधि संकाय समूह (ख) ब्यबस्थापन संकाय र मानविकी सामाजिक शात्र संकायको योग्यताक्रम (Marit List )] प्रकाशित सम्बन्धि सूचना प्रकाशित गरेको छ।
बिश्वबिद्धालयले एक सूचना जारी गर्दै छात्रवृत्ति छनोट प्रवेश परिक्षाको योग्यताक्रम सुचिमा कक्षा १ देखि १० सम्म वा ६ देखि १० सम्म सार्वजनिक बिद्यालयमा अध्यायन गरि एसइइ वा एसएलसी उत्तीर्ण गरेको उमेदवारहरुको School Sector- public र सार्वजनिक बिद्यालयबाट कक्षा ७ देखि १० सम्म र संस्थागत बिद्यालयमा अध्यायन गरि एसएलसी वा एसइइ उत्तीर्ण गर्ने उमेदवारहरुको School Sector- Others गरि छुट्टाछुट्टै योग्यताक्रम शुचि खुला र आरक्षणको विवरण समेत प्रकाशित गरेको छ।
प्रकाशित गरिएको विवरण हेर्न बिश्वबिद्धालयको वेबसाईट http://scholarship.pu.edu.np मा गएर हेर्न सकिने बताइएको छ।
