शनिवार, माघ २९ २०७८
माघ, १९ मुगु- छायानाथ रारा नगरपालिका १३ को नेपाल राष्ट्रिय बिद्यालयमा विद्यार्थीहरुलाइ शैक्षिक सामाग्री बितरण गरिएको छ। जिल्लाको रुँगा, थार्प र लापु गाउमा बस्दै आएका अति बिपन्न र दलित समुदायका विद्यार्थीहरुलाइ पढाइलेखाइमा सहयोग पुगोस भनेर शैक्षिक सामाग्री बितरण गरिएको हो।
छायानाथ रारा नगरपालिका ४ का वडाध्यक्ष बिष्णु भामले आफुले पाएको तलब, बैठक भत्ता र घरपरिवार बाट बचत गरेको रकमले पालिकाको १४ वटै वडाका १८७ जना विद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गरेको बताए ।बिपन्न परिवारका बालबालिकालाइ नियमित पढाइलेखाइमा सहयोग पुगोस भएर सहयोग गरेको उनले बताए।
यसअघि पनि उनले बिपन्न परिवार का मानिसहरुलाइ खाद्यान्न लगाएत विभिन्न अत्यावश्यक कुराहरु दिदै आएको बताएका छन्।