Oct 02 2026 | २०८३, आश्विन १६ गते

बिद्यालय बस दुर्घटना, १० जना विद्यार्थी घाइते

बिद्यालय बस दुर्घटना, १० जना विद्यार्थी घाइते

  • 667
    SHARES

  • बिद्यालय बस दुर्घटना, १० जना विद्यार्थी घाइते

    फागुन १, रुपन्देही - बुटवल महानगरपालिका–१० स्थित एभरेष्ट बोर्डिङ स्कुलको लु १ क ५४४ नम्बरको बस दुर्घटना हुदा १० जना विद्यार्थी घाइते भएका छन।

    इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख  प्रहरी नायव उपरीक्षक  ढगबहादुर केसीका अनुसार बुटवलको ज्योतीनगरमा स्कुल बस दुर्घटना भएको हो। ज्यतिनगरको ओरालोमा बसको ब्रेक भेल भइ दुर्घटना हुँदा १० जना विद्यार्थी समेत घाइते भएका छन्  ।

    ब्रेक फेल भएसी ड्राइभरले चलाखी पुर्वक  बसलाई रुखमा ठोकाएर विद्यार्थीहरुलाइ धेरै क्षति हुननपाएको प्रतक्षदर्शी स्थानीयवासीले बताएका छन् । हाल घाइते सबैलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको जनाइएको छ। 

     

    images
    आइतवार, फाल्गुण १ २०७८०१:२२:४९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार