Oct 06 2026 | २०८३, आश्विन २० गते

शिक्षिकालाई बलात्कार आरोपी सांसदविरुद्ध पक्राउ पुर्जी, संसद सम्पर्क बिहिन ।

शिक्षिकालाई बलात्कार आरोपी सांसदविरुद्ध पक्राउ पुर्जी, संसद सम्पर्क बिहिन ।

  • 491
    SHARES

  • शिक्षिकालाई बलात्कार आरोपी सांसदविरुद्ध पक्राउ पुर्जी, संसद सम्पर्क बिहिन ।

    नेपालगन्ज - शिक्षिकालाइ बला’त्कार गरेको आरोप लागेका नेकपा एमालेका नेता तथा मुगुका सांसद मोहन बानियाँविरूद्ध पक्राउ पुर्जी जारी गरेको छ। पक्राउ ओउर्जी जारी भएपछि संसद बाँनिया भने सम्पर्क बिहिन भएको बताइएको छ।

    सांसद बानियाँले बाँकेको नेपालगन्ज स्थित अप्सरा होटलमा इच्छा विपरित बला’त्कार गरेको आरोप लगाउदै शिक्षिकाले बानियाँ विरुद्ध अदालतमा मुद्दा दिएकी थिइन् ।

    यसअघि ४० वर्षीया शिक्षिकाले बाँनियालाइ बला’त्कार को आरोप लगाउदै प्रहरिमा उर्दी गरेकी तर प्रहरीले उनलाई पक्राउ गर्न आलटाल गरिरहेको बताइएको थियो तर अब भने पक्राउ जारी गर्नुपरेको छ । उनलाई जिल्ला अदा’लत बाँकेले पक्राउ पुर्जी जारी गर्न आदेश दिएको हो।

    प्रहरिका अनुसार सांसद समेत रहेका बानियाँलाई पक्राउ गर्नु अघि सदनलाई जानकारी दिनु पर्ने भएकाले जिल्ला प्रहरीले त्यसवारे जानकारी गराएको बताएको छ। अहिले बानियाँको खोजी भइरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुधुसूदन न्यौपानेले बताए । उनका अनुसार बानियाँ विरुद्ध सोमवार नै पक्राउ पुर्जी जारी भएको हो ।

    प्रहरीको अनुसार शिक्षिकाले प्रहरीमा उजुरी दिँदा आफु निर्दोश रहेको भन्दै बानियाँले आफै प्रहरीमा उपस्थित हुने बताएका तर अदालतको आदेश पछि भने उनी सम्पर्क विहिन भएको बताइएको छ ।

    यद्यपि बानियाँले भने विभिन्न मिडियामा महिलासंग आफ्नो पैसाको लेनदेन रहेका कारण आफुलाई फसाउन गलत आरोप लगाएको बताएका थिए ।

    यता शिक्षिकाले भने आफूले दिएको २५ लाख रुपैयाँ फिर्ता गर्छु भनेर होटलमा बोलाएको र त्यही होटलमा बिहानीपख जबरजस्ती बला,त्कार गरेको जाहेरीमा उल्लेख गरेकी छन्।

     

    images
    बिहिवार, फाल्गुण ५ २०७८१०:३९:३७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार