Oct 06 2026 | २०८३, आश्विन २० गते

शिक्षा मन्त्रालयले २३ सय विद्यालयहरुमा तत्काल एकैसाथ आइसिटी ल्याब बनाउने

शिक्षा मन्त्रालयले २३ सय विद्यालयहरुमा तत्काल एकैसाथ आइसिटी ल्याब बनाउने

  • 937
    SHARES

  • शिक्षा मन्त्रालयले २३ सय विद्यालयहरुमा तत्काल एकैसाथ  आइसिटी ल्याब बनाउने

    फागुन ६, काठमाडौ - शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्रालयले २३ सय विद्यालयहरुमा तत्काल एकैसाथ ‘आइसिटी ल्याब’ बनाउने निर्णय गरेको छ । मन्त्री देवेन्द्र पौडेलले सरकारले विद्यालयहरुमा नयाँ शिक्षक, तालिम र आइसिटी ल्याव वनाउन लागीरहेको बताएका हुन।

    मन्त्री पौडेलले देशै भरी ३ वर्षभित्र सबै विद्यालयमा आइसिटी ल्याब बनाउने मन्त्रालयको योजना रहेको बताए। उनले भवन नभएका विद्यालयलाई भवन दिने र भवन भएकालाई आइसिटी ल्याव दिने काम शुरु भइसकेको जानकारी गराए ।

    शिक्षा पत्रकार समूहको २२ औं स्थापना दिवस तथा ११ औं अधिवेशनको अवसरमा बोल्दै मन्त्री पौडेलले राष्ट्रिय पुस्तकालय र शिक्षक अस्पताल निर्माणको काम अघि बढिसकेको बताए ।

    त्यसैगरी संघीय शिक्षा ऐन लगायत शिक्षाका ४ ऐन निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको भन्दै उनले उक्त ऐनले वर्तमान शिक्षाका धेरै समस्या समाधान गर्ने बताए । पौडेलले शिक्षामा सामान्य सुधार नभै आमूल परिवर्तन आवश्यक रहेकोमा जोड दिए।

    कार्यक्रममा शिक्षाविद प्राध्यापक डाक्टर विद्यानाथ कोइरालाले शिक्षामा एकातिर समस्या र समाधान अर्कोतिर हुँदा अस्तव्यस्तता कायमै रहेको बताए । त्यस्तै शिक्षाविद प्राडा मनप्रसाद वाग्लेले सरकारले शिक्षण सिकाइ पुरा गर्न भन्दा शैक्षिक सत्र भित्रै पाठ सक्न मात्रै लागी परेकोमा आपत्ती जनाए । उनले सरकारले सिकाइमा भन्दा पढाइमा ध्यान दिएको आरोप लगाउँदै  चैत भित्र जसरी नि कोर्स सक्नु भनेर निर्देशन दिनु गलत भएको उनको भनाइ थियो ।

    कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले शिक्षाका समस्या समाधानउन्मुख रहेको बताए। उनले परीक्षा प्रणालीमा वैज्ञानिक सुधार गर्न लागीपरेको बताए ।

     

    images
    शुक्रवार, फाल्गुण ६ २०७८१०:३५:४३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार