शनिवार, फाल्गुण ७ २०७८
फागुन ७, काठमाडौ - त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयले अत्याधुनिक भवनको निर्माण सुरु गरेको छ ।
कीर्तिपुरस्थित विश्वविद्यालय परिसरको गान्धी भवनसँगै ७ हजार ८ सय ७५ स्क्वायर मिटर क्षेत्रफलमा भवन निर्माण सुरु भएको हो ।
भवनको डिजाइन अनुसार २ हजार ७ स्क्वायर मिटरमा मूल भवन र थप चारवटा साना भवन बन्ने बताइएको छ। वि सं २०१६ सालमा भएको यश पुस्तकालय जम्मा १२०० सङग्रहबाट सुरूवात भएको थियो। हाल पुस्तकालयमा हाल ३ लाख ५० हजार भन्दा बढि सङग्रह छन् ।
यसअघि केन्द्रीय पुस्तकालयको मर्मत तथा पुनःनिर्माणमा ढिलाइ हुँदा पुस्तक व्यवस्थापनमा समस्या देखिएको थियो।