सोमवार, फाल्गुण ९ २०७८
फागुन ९, काठमाडौ - शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालय शिक्षा तथा मानव बिकास श्रोत केन्द्रले प्राविधिक धार तर्फका विद्यार्थीहरुकोको विवरण फागुन २५ सम्म अद्यावधिक गर्न ताकेता गरेको छ।
केन्द्रले २०७८/८/२६ को पत्रबाट देशभर माध्यमिक तहमा प्राबिधिक धार संचालन गरिरहेका ४८४ बिद्यालयलाई विद्यार्थीहरुको विवरणलाई एकीकृत शैक्षिक ब्यबस्थापन सूचना प्रणाली (Integrated Educational Management Informational System - IEMIS) अनुरुप अध्यावधिक गर्न ताकेता गरेको हो।
केन्द्र हाल सम्म अध्यावधिक नगरेका बिद्यालयहरुको नाम सहित २०७८ फागुन २५ गते भित्र अनिवार्य रुपमा विद्यार्थी विवरण अध्यावधिक गर्न अनुरोध गर्दै समय सिमा भित्र अध्यावधिक नगर्ने बिद्यालयको अनुदान लगाएत सेवा सुबिधा कटौती गर्ने जनाएको छ।
बिद्यालयको विवरण अध्यावधिक गर्न IEMIS कोड र पासवोर्ड राखेर iemis.doe.gov.np मा गएर login गरि प्रकृया अनुसार गर्नुपर्ने जनाएको छ।






