सोमवार, फाल्गुण ९ २०७८
फागुन ९, काठमाडौ - त्रिभुवन बिश्वबिद्धालयद्वारा स्नातक तह प्रथम बर्षको परिक्षा तालिका परिमार्जित भएको छ।
एक सूचना जरि गर्दै बिश्वबिद्धालयले मिति २०७८ फागुन १३ गते देखि हुने भनिएको परिक्षा तालिका परिमार्जित भएको हो।
बिश्वबिद्धालय परिक्षा नियन्त्रण कार्यलयले ४ बर्षे स्नातक तह अन्तर्गत शिक्षाशात्र संकाय, मानविकी, ब्यबस्थापन संकायर र बिज्ञान तथा प्रबिधि संस्थान तर्फको प्रथम बर्षको परिक्षा मिति २०७८ फागुन २२ गते देखि हुने जनाएको छ।
सूचना अनुसार ब्यबस्थापन संकायको परिक्षा बिहान ७ बजे देखि १० बजेसम्म हुने छ भने अन्य संकायहरुको परिक्षा भने दिनको १२ बजे देखि ३ बजे सम्म हुने बताइएको छ।

