बुधवार, फाल्गुण १८ २०७८
फागुन, १८ काठमाडौ - सरकारले दुर्गम क्षेत्रबाट काठमाण्डौ आएर बसेका विद्यार्थीहरूलाई सहुलियतमा विद्युतीय चुलो दिइने भएको छ । यसकालागी सरकारले दुर्गम क्षेत्रका विद्यार्थीलाई स्वच्छ चुलो कार्यक्रमको माग संकलन को लागि सूचना गारिगरेको छ।
सरकारले दुर्गम क्षेत्रबाट काठमाडौ उपत्यका आइ घरभाडामा बस्ने र सरकारी तथा सामुदायिक शिक्षण संस्थामा स्नातक , स्नातकोत्तर तहमा अध्यायन गर्ने विद्यार्थीलाउ एलपी ग्यांसको बढ्दो मुल्यको समस्याको समस्याको समाधान गर्न बिद्धुतिय चुलो उपलब्ध गराउए बताइएको छ।
यसका लागि विद्यार्थीले २०७८ फागुन २५ गते भित्र कार्यलय समयमा निवेदन बुझाउन सक्ने जनाएको छ। विद्यार्थीले निबेदन संगै नागरिकताको फोटोकपी र शिक्षण संस्थाको परिचयपत्र समेत बुझाउनु पर्ने छ। यस सम्बन्धी बिस्तृत फारम केन्द्रको वेबसाईट www.aepc.gov.np मा गएर भर्न सकिने छ।

