Jul 27 2026 | २०८३, श्रावण ११ गते

अनेरास्ववियुद्वारा त्रिवि सेवा आयोगको परीक्षा तत्काल गर्न आग्रह ।

अनेरास्ववियुद्वारा त्रिवि सेवा आयोगको परीक्षा तत्काल गर्न आग्रह ।

  • 657
    SHARES

  • अनेरास्ववियुद्वारा त्रिवि सेवा आयोगको परीक्षा तत्काल गर्न आग्रह ।

    फागुन, १९, काठमाडौं । अनेरास्ववियुले त्रिभुवन बिश्वबिद्धालय सेवा आयोगको परिक्षा तत्काल गर्न आग्रह गरेको छ। एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयको सेवा आयोगमा लगाइएको ताला वार्ता र सहमतिका आधारमा खुला गरि आयोगको परिक्षा तत्काल गर्न माग गरेको हो ।

    अनेरास्ववियुले सेवा आयोगले प्रकाशित गरेको कार्यतालिका अनुसार  उपप्राध्यापक र अरू पदको परीक्षा निर्धारित समयमै सञ्चालन गर्न माग गरेको छ ।

    एक विज्ञप्ति जारी गरी खुला प्रतिस्पर्धाबाट डराएर आंशिक शिक्षकको नाममा तालाबन्दी गरी सेवा आयोगको काम कारबाहीलाई प्रभावित गर्नु प्राज्ञिक क्षेत्रको अप्राज्ञिक कार्य भएको अनेरास्ववियु कि अध्यक्ष सुनिता बरालले उल्लेख गरेकी छन् ।

    यसअघि आफूहरूलाई छुट्टै परीक्षा लिएर स्थायी गर्नुपर्ने माग राख्दै आएका आंशिक प्राध्यापकहरूले हाल त्रिवि सेवा आयोगमा तालाबन्दी गरेका छन् । तालाबन्दीका कारण सेवा आयोगले तोकेको परीक्षा अन्योलमा परेको छ ।

    अनेरास्ववियुले बिज्ञप्तिमा भनेकोछ, 'आंशिक प्राध्यापकले सेवा आयोगमा तालाबन्दी गर्नुलाई अराजकता हो र अस्थायी/करार कर्मचारीले लोक सेवा आयोगमा, ताला लगाई परीक्षालाई प्रभावित गर्नु शैक्षिक अराजकताको प्राकाष्टा हो ।’

    अनेरास्ववियुले त्रिवि सेवा आयोगलाइ कुनै डर, त्रास र दबावमा नगरी स्वच्छ ढंगले परीक्षा सञ्चालन गर्न आग्रह समेत गरेको छ ।

    यस्तो छ बिज्ञप्ति ।

    Screenshot_20220303-154901_Facebook.jpg

    images
    बिहिवार, फाल्गुण १९ २०७८०४:०३:२६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार