Oct 06 2026 | २०८३, आश्विन २० गते

लर्ड बुद्ध एकेडेमी फाउण्डेन र नगरपालिकाबीच सूचना प्रबिधिमा छात्रवृत्ति प्रदान गर्न सम्झौता।

लर्ड बुद्ध एकेडेमी फाउण्डेन र नगरपालिकाबीच सूचना प्रबिधिमा छात्रवृत्ति प्रदान गर्न सम्झौता।

  • 501
    SHARES

  • लर्ड बुद्ध एकेडेमी फाउण्डेन र नगरपालिकाबीच सूचना प्रबिधिमा छात्रवृत्ति प्रदान गर्न सम्झौता।

    २१ फागुन, भक्तपुर - लर्ड बुद्ध ऐजुकेशन फाउण्डेशन र चाँगुनारायण नगरपालिकाबीच विद्यार्थीलाई दक्ष प्राविधिक युक्त बनाउन छात्रवृत्ति प्रदान गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

    नगर प्रमुख सोमप्रसाद मिश्र र फाउण्डेशनका अध्यक्ष पङ्कज जलानले सम्झौतापत्रमा हस्ताक्षर गरी कम्तीमा पाँच वर्षका लागि र आवश्यकता अनुसार सम्झौता थप गर्दै लैजाने शर्तसहितको सम्झौतापत्र आदानप्रदान गरेका हुन् ।

    सम्झौता अनुसार अब एशियन प्यासिफिक युनिभर्सिटीको बीएसस्सी सूचना प्रविधि विषयको प्रत्येक नयाँ शैक्षिक सत्रमा नगरपालिकाबाट छनोटमा परेका कम्तीमा ३ जना विद्यार्थीलाई पूर्ण, ४ विद्यार्थीलाई ५० प्रतिशत र ५ विद्यार्थीलाई २५ प्रतिशत छात्रवृत्ति प्रदान गरिने सहमति भएको बताइएको छ।

    नगरपालिकाका सूचना अधिकारी सिद्धान्न न्यौपानेका अनुसार आफ्नो नगर क्षेत्रमा दक्ष प्राविधिक जनशक्ति उत्पादन गरी डिजिटल चाँगुनारायण निर्माणमा सहकार्य गर्न, स्वदेशमा उत्पादित दक्ष जनशक्तिलाई स्थानीय सेवामा पहुँच पुर्‍याउन र न्यून आय भएका परिवारका जेहेन्दार विद्यार्थीलाई उच्च प्राविधिक शिक्षामा पहुँच वृद्धि गर्न समझदारी गरिएको जानकारी दिए ।

    नेपालको शैक्षिक क्षेत्रमा प्राविधिक जनशक्ति उत्पादनमा स्थापित फाउण्डेशन शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त गरी विगत २३ बर्ष देखि नेपालको विभिन्न स्थानमा सञ्चालन गरिरहेको र नेपालको विभिन्न स्थानमा विभिन्न विश्व विद्यालयको सम्बनधमा स्नातक एवं स्नातकोत्तर तहको विषयको अध्यापन गराउदैँ आएको फाउण्डेशनका अध्यक्ष पंकज जालनले जानकारी दिए ।

    यस समझदारीसँगै नगरपालिका क्षेत्र एवं आसपासका स्थानीय तहमा अध्ययनरत कम्तीमा ५० विद्यार्थीलाई हरेक वर्ष कम्तीमा एक सीप विकास तथा क्षमता अभिवृद्धि तालिममासमेत सहभागी गराउँदै उक्त कलेजमा पठाइने भएको छ ।

    त्यसैगरी प्रत्येक शैक्षिक सत्रमा नगरपालिकाले कलेजबाट मनोनयन भई आएका पाँचजना सूचना प्रविधि सङ्कायमा न्यूनत्तम ५औँ सेमेष्टर अध्ययन गरिसकेका विद्यार्थीलाई सूचना प्रविधिको स्वयंसेवीको रुपमा प्रशिक्षार्थी कार्यक्रममा सहभागी गराउने बताइएको छ ।

    कलेजले नगरपालिकाको साझेदारीमा नगरक्षेत्रमा रहेका बेरोजगार शिक्षित युवालाई निश्चित् मापदण्ड आधारमा कम्तीमा ५० जना युवा एवं विद्यार्थीका लागि आवश्यकता अनुसार विभिन्न क्षमता अभिवृद्धि एवं प्राविधिक सीप विकास तालिम सञ्चालन गर्नेछ । तालिमको सहभागी मनोनयन नगरपालिकाले गर्नेछ ।

    चाँगुनारायण नगरपालिकाले धेरै भन्दा धेरै सूचना प्रविधिका दक्ष जनशक्ती उत्पादन गर्ने, उत्पादित दक्ष जनशक्तिलाई डिजिटल चाँगुनारायणको रुपान्तरणमा परिचालन गरी डिजिटल चाँगुनारायणको लक्ष्य हासिल गर्ने योजना रहेको नगर प्रमुख मिश्रले बताए । रासस

     

    images
    शनिवार, फाल्गुण २१ २०७८०७:२५:२५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार