Oct 06 2026 | २०८३, आश्विन २० गते

देशका सबै स्थानीय तहमा बहुप्राविधिक शिक्षा पुर्‍याउने लक्ष्य : शिक्षामन्त्री

देशका सबै स्थानीय तहमा बहुप्राविधिक शिक्षा पुर्‍याउने लक्ष्य : शिक्षामन्त्री

  • 634
    SHARES

  • देशका सबै स्थानीय तहमा बहुप्राविधिक शिक्षा पुर्‍याउने लक्ष्य : शिक्षामन्त्री

    नेपालगञ्ज/२२ फागुन- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले देशका सबै स्थानीय तहमा बहुप्राविधिक शिक्षा पुर्‍याउने लक्ष्य रहेको बताएका छन् ।

    नेपालगन्जमा निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) को जारी सातौं महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै पौडेलले देशका ७५३ स्थानिय तहमा प्राबिधिक तथा बहुप्राबिधिक शिक्षा पुर्‍याउने लक्ष रहेको बताएका हुन्।

    कार्यक्रममा मन्त्री पौडेलले राज्यको ३० प्रतिशत व्यायभार बोकेको निजी शिक्षण संस्थाले विद्यार्थीलाई संस्कार र संस्कृति सिकाउनु पर्ने बताउँदै वर्तमान अवस्थामा संस्कार र संस्कृति हराउँदै गएकोमा चिन्ता व्यक्तगरे ।

    उनले सार्वजनिक तथा निजी शिक्षण संस्थाले दक्ष तथा प्राबिधिक जनशक्ति उत्पादन गर्नेमा संकल्प गर्नुपर्ने समेत बताए। शिक्षालाई व्यवस्थित गरी उत्पादन जनशक्तिलाई अनुशासन बनाउन सके बिगिँरिदै गएको संस्कार र संस्कृृतिलाई लयमा फर्काउन सकिने बताए । मन्त्रालयले कुनै पनि शिक्षालाई विभेद नगर्ने बताउँदै बन्दै गरेको ऐन शिक्षामैत्री बन्ने बताए ।

    कार्यक्रममा बोल्दै मन्त्री पौडेलले १० वर्षे शिक्षाका योजनाहरु सार्वजनिक गरेको बताउँदै मन्त्रीपौडेलले निजी क्षेत्रको सम्पत्ति सुरक्षागर्ने राज्यको दायित्व भएको बताए । उनले राज्यको तर्फबाट प्रचलित कानुन अनुसार सबैलाई समेटर जाने बताउँदै उनले प्रदेश र स्थानीयतहलाई अधिकार दिने विषयमा कञ्जुसाई नगर्ने बताए ।

    त्यसैगरी सार्वजनिक शिक्षण संस्थाहरुको भवनसँगै शैक्षिक गुणस्तरका लागि मन्त्रालयले योजना बनाएर लागेको बताउँदै आगामी तीन वर्षभित्र सार्वजनिक विद्यालयका भवनसँगै आइसीटी बन्ने उद्घोष गरे ।

    उनले  “शिक्षक महासंघसँग गरेको सहमतिले स्थानीय तहको अधिकार खोसियो भनिएको छ”, उनले भने, “नियमअनुसार प्रदेश र स्थानीय तहसँग समन्वय गरी अघि बढ्छौं, अधिकार खोस्दैनौं ।” आजदेखि शुरु भएको सातौं महाधिवेशनले भोलि नयाँ नेतृत्व छान्ने छ । २०५४ सालमा स्थापना भएको संस्था हाल ४७ जिल्लामा फैलिएको छ ।

     

    images
    आइतवार, फाल्गुण २२ २०७८०९:५१:५१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार