बुधवार, फाल्गुण २५ २०७८
फागुन २५ काठमाडौ - शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालय, शिक्षा तथा मानव बिकास श्रोत केन्द्रले आर्थिक बर्स २०७९।८० को बजेट तर्जुमाकालागि विवरण पठाइदिने सम्बन्धमा सबै स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाई अनुरोध गरेको छ।
केन्द्रले एक सूचना जारी गर्दै उल्लेखित शीर्षकमा कार्यक्रम कार्यन्वनन गर्ने स्थानीय तह र शिक्षा बिकास तथा समन्वय इकाईले हाल कार्यन्वयनमा रहेका कार्यक्रमको विवरण नेपाली unicode मा तयार गरि पठाइदिन अनुरोध गरेको हो।
केन्द्रले शिक्षा बिकास तथा समन्वय इकाई मार्फत मिति २०७८ चैत ३० गते भित्र प्रमाणित hardcopy/softcopy (Excel sheet) केन्द्रको ठेगाना planning.cehrd@gmail.com मा mail गर्न अनुरोध गरेको छ।

