बुधवार, फाल्गुण २५ २०७८
फागुन २५, काठमाडौं । यस वर्षदेखि कक्षा १२ को परीक्षा दिने विद्यार्थीलाई उमेर हद लागु हुने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १२ मा उमेर हद लागू गर्ने निर्णय गरेको हो।
यश बर्षदेखि माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सहभागी विद्यार्थीहरुको लागि भने उमेर हद नलाग्ने भएको छ । अहिलेसम्म १४ वर्ष उमेर पूरा भएकाले मात्र एसईई दिन पाउने प्रावधान थियो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दिपक शर्माले भने, ‘अब एसएलसी भनेको कक्षा १२ हो । त्यहाँ उमेर हद लागु हुन्छ तर कक्षा १० मा लागु हुँदैन ।’ यद्यपि कक्षा १२ मा कति को उमेर हद लाग्ने भन्ने बिषयमा भने राष्ट्रिय परिक्षा बोर्डले निर्णय गर्नेछ।
एसएलसीमा कति उमेर हद लागु गर्ने भन्ने कानूनत: अधिकार बोर्डलाई भएकोले बोर्डले निर्णय गर्ने प्रवक्ता शर्माले बताए ।