Oct 06 2026 | २०८३, आश्विन २० गते

नेपाल इन्जिनियरिङ एसोसिएसनको मतदान सकियो, नतिजा केही दिनमा आउने।

नेपाल इन्जिनियरिङ एसोसिएसनको मतदान सकियो, नतिजा केही दिनमा आउने।

  • 545
    SHARES

  • नेपाल इन्जिनियरिङ एसोसिएसनको मतदान सकियो, नतिजा केही दिनमा आउने।

    फागुन २७, काठमाडौ - इन्जिनियरहरुको छाता संस्था नेपाल इन्जिनियर एशोसिएशन (नेइए)को नयाँ कार्यसमिति चयनका लागि शुक्रवार भएको निर्वाचन सम्पन्न भएको छ । विहान ९ बजेदेखि सुरु भएको मतदान प्रक्रिया ५ बजे सकिएकोहो।

    एसोसिएसनका केन्द्रिय निर्वाचन समितिका संयोजक इन्जिनियर घनश्याम भट्टराईका अनुसार मुलुकभरका १४ ओटा मतदान केन्द्रबाट नयाँ कार्यसमिति चयन गर्न इन्जिनियरहरुले मतदान गरेको बताए । मतदानका लागि २५ वटा बुथ राखिएको र अहिले मतपत्र संकलन हुँदै गरेको उनले जनाए ।

    कुल मतदाता २१ हजार ६८० भए पनि खसेको मतसंख्या गणना भैसकेपछी मात्रै थाहा हुने बताइएको छ। चुनावको नतिजा तीन चार दिनभित्र आउने निवाचन समितिका संयोजक भट्टराईले बताए।

    एशोसिएशनको ३३ औँ कार्यकारिणी समितिका लागि विभिन्न ५ वटा समूहको प्रतिस्पर्धा छ । सत्तारुढ दल नेपाली कांग्रेस निकट सेन्टर फर डेमोक्रेटिक इन्जिनियर (सिडेन)ले ई. डा.हरिबहादुर दर्लामीको समूहलाई उम्मेदवार बनाएको छ । त्यसैगरी कांग्रेसकै दिलीपकुमार झाको नेतृत्वमा अर्को समूहसमेत चुनावी मैदानमा होमिएको छ ।

    नेकपा एमाले निकट राष्ट्रिय प्रगतिशील गठबन्धनका ई. डा.सुरज लामिछाने, नेकपा (माओवादी केन्द्र), (एकीकृत समाजवादी) एकीकृत प्रगतिशील समूहका तर्फबाट ई.डा. हरिराम पराजुली र नेपाल मजदुर किसान पार्टी निकट इन्जिनियर समाज नेपालका ई. राजेन्द्रप्रसाद हाडाको प्यानल चुनावी मैदानमा उत्रिएका छन।

    निर्वाचन समितिले २५ बुथमा मतदानको व्यवस्था मिलाएको थियो । यसमध्ये काठमाडौँमा मात्र ११ हजारभन्दा बढी मतदाता छन् । पटक पटक सारिदैं आएको यो निर्वाचनले दुई बर्षका लागि २५ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ ।

     

    images
    शुक्रवार, फाल्गुण २७ २०७८०८:०३:१६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार