Oct 06 2026 | २०८३, आश्विन २० गते

प्रधानमन्त्री र मुख्यमन्त्री विरुद्ध अभिव्यक्ति दिने सरकारी शिक्षक निलम्बित।

प्रधानमन्त्री र मुख्यमन्त्री विरुद्ध अभिव्यक्ति दिने सरकारी शिक्षक निलम्बित।

  • 1.0K
    SHARES

  • प्रधानमन्त्री र मुख्यमन्त्री विरुद्ध अभिव्यक्ति दिने सरकारी शिक्षक निलम्बित।

    फागुन २८, काठमाडौ - भारतको उत्तर प्रदेशमा भएको विधानसभा चुनाव प्रचारप्रसारको क्रममा प्रधानमन्त्री मोदि र मुख्यमन्त्री योगि विरुद्ध प्रचार गरेको भन्दै एकजना शिक्षकलाइ निलम्बन गरेको छ। उत्तर प्रदेशमा भारतीय जनता पार्टी (भाजपा) ले बहुमत ल्याए संगै चुनाव प्रचारमा बिरोध गर्ने एक सरकारी शिक्षक निलम्बित भएका हुन्।

    प्रयागराज, बहरिया विकासखण्डको संयुक्त विद्यालयका शिक्षक अजीत यादवलाई निलम्बित गरेको बताइएको छ। जिल्ला आधारभूत शिक्षा अधिकारी प्रवीणकुमार तिवारीले शिक्षक अजीत यादवलाई निलम्बन गर्दै अनुसन्धान शुरू गरिएको छ जनाए।

    सामाजिक सञ्जालमा भाइरल भइरहेको एक भिडियोमा ती शिक्षक चुनाव प्रचारको सार्वजनिक कार्यक्रममा सहभागी भएका तथा प्रधानमन्त्री नरेन्द्र मोदी र मुख्यमन्त्री योगी आदित्यनाथ विरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको पाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    शिक्षक निलम्बन संगै अहिले सरकारको चौतर्फी बिरोध भैरहेको छ। मान्छेले आफ्नो स्वतन्त्र धारणा राख्न पाउनु पर्ने भन्दै शिक्षक तथा विभिन्न क्षेत्रमा काम गर्ने बिज्ञहरुले निलम्बन फुकुवा गर्न समेत आग्रह गरेका छन।

    images
    शनिवार, फाल्गुण २८ २०७८११:०९:३४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार