Jul 27 2026 | २०८३, श्रावण ११ गते

लोकसेवा आयोगमा धर्ना: नारा- लोकसेवालाई बढ्दैछ कार्य बोझ! हामिलाइ बड्दैछ मानसिक रोग!

लोकसेवा आयोगमा धर्ना: नारा- लोकसेवालाई बढ्दैछ कार्य बोझ! हामिलाइ बड्दैछ मानसिक रोग!

  • 1.4K
    SHARES

  • लोकसेवा आयोगमा धर्ना: नारा- लोकसेवालाई बढ्दैछ कार्य बोझ! हामिलाइ बड्दैछ मानसिक रोग!

    फागुन २९, काठमाडौ - लिखित परीक्षामा उत्तीर्ण भएका नायब सुब्बाका उम्मेदवारहरूले लोक सेवा आयोगमा धर्ना दिएका छन् । लोकसेवालाई बढ्दैछ कार्य बोझ! हामिलाइ बड्दैछ मानसिक रोग! जस्ता नारा हरु लेखेको प्लेकार्ड बोकेर धर्ना दिएका हुन्।Screenshot_20220313-171339_Facebook.jpgFB_IMG_1647170600243.jpg

    गत भदौमा लिखित परीक्षाको नतिजा प्रकाशित भए पनि अहिलेसम्म अन्तर्वार्ता नहुँदा आफूहरूको भविष्य अन्योल भएको भन्दै उनीहरूले आयोगको ध्यानाकर्षण गराएका हुन् ।

    उनीहरूले आइतबार  कमलपोखरीस्थित लोक सेवा आयोगको केन्द्रीय कार्यालयमा पुगेर अन्तर्वार्ताको माग गर्दै धर्ना दिएको बताइएको छ। हातमा प्लेकार्ड बोकेर निरास मुन्द्रामा ढिलो न्याय अन्याय हो ! हुन नदिएका नासुको , लाग्छ स्राप हाम्रो आँशुको! जस्ता नारा लगाइरहेका लगाइरहेका थिए।FB_IMG_1647170602558.jpg

    यसअघि अदालतमा मुद्दा परेपछि गत भदौदेखि नासुको अन्तर्वार्ता रोकिएको थियो । रोकिएका अन्तर्वार्ता र परीक्षाहरू यथाशीघ्र सञ्चालन गर्न आदेश आइसके पनि आयोगले काम अघि नबढाएको उनीहरूको गुनासो छ ।FB_IMG_1647170605806.jpg

     

    images
    आइतवार, फाल्गुण २९ २०७८०५:१९:१६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार