सोमवार, फाल्गुण ३० २०७८
फागुन ३०, काठमाडौ - त्रिभुवन विश्वबिधालय परिक्षा नियन्त्रण कार्यालय बल्खु द्वारा स्नातक तह तेस्रो वर्षको परिक्षा तालिका (Exam Routine) प्रकाशित गरिएको छ। कार्यलयले २०७८ सालमा संचालन हुने ब्यबस्थापन, शिक्षाशास्त्र संकाय र बिज्ञान तथा प्रबिधि अध्यायन संस्थाका ४ बर्षे स्नातक तह तृतीय बर्षका नियमित तथा आंसिक परिक्षा तालिका प्रकाशित गरेको हो।
बिश्वबिद्धालयद्वारा प्रकाशित सुचना अनुसार परीक्षा मिति २०७८ चैत २३ गते देखि दिनको १२ बजे देखि ३ बजे सम्म संचालन हुने जनाएको छ।
यसै कार्यक्रम अनुसार परीक्षा दिने विद्यार्थीहरुले २०७८ फागुन मसान्त सम्म इन्ट्री गरि चैत ३ गते भित्र परीक्षा फारम सम्बन्धित परीक्षा नियन्त्रण कार्यलयमा बुझाउन समेत निर्देशन दिएको छ।

