बुधवार, चैत्र २ २०७८
चैत २, काठमाडौ - लोकसेवा आयोगद्वारा एकै पटक ३ सय जना स्टाफ नर्सका लागि दरखास्त आह्वान गरेको छ। मन्त्रिपरिषद्को हालैको निर्णयअनुसार ‘नेपाल स्वास्थ्य सेवा, जनरल नर्सिङ समूह, पाँचौ तह, स्टाफ नर्स पदका लागि ३ सय दरबन्दी तत्काल पदपूर्ति गर्न दर्खास्त आह्वान गरेको हो।
जसअनुसार खुलामा १६५, महिलामा ४५, आदिवासी जनजातिमा ३६, मधेसीमा २९, दलितमा १३, अपांगमा सात र पिछडिएका क्षेत्रमा पाँच सिटमा आयोगमा दर्खार्त आव्हान गरेको हो।
बुधबार प्रकाशित सूचना अनुसार आवेदकले आगामी चैत २२ भित्र नियमित र चैत २९ चैतभित्र दोब्बर दस्तुर तिरेर अनलाइनमार्फत् आवेदन दिन सक्ने जनाएको छ।
दर्खास्त दिने आवेदक १८ वर्ष पूरा भई ४५ ननाघेको हुनुपर्नेछ भने परीक्षा दस्तुर ४०० र हरेक उपसमूहका लागि थप २ सय तोकेको छ।
