Jul 27 2026 | २०८३, श्रावण ११ गते

विपन्न लक्षित छात्रबृत्तिको लागि PMT भर्ने भराउने सम्बन्धी सूचना ।

विपन्न लक्षित छात्रबृत्तिको लागि PMT भर्ने भराउने सम्बन्धी सूचना ।

  • 1.2K
    SHARES

  • विपन्न लक्षित छात्रबृत्तिको लागि PMT भर्ने भराउने सम्बन्धी सूचना ।

    चैत्र ४, काठमाडौ - शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्रालय, शिक्षा तथा मानव श्रोत बिकास केन्द्र ले बिपन्न लक्षित छात्रवृत्तिको लागि PTM भर्ने भराउने सम्बन्धमा अत्यन्तै जरुरी सूचना प्रकाशित गरेको छ।

    केन्द्रले आ.व. २०७८/७९ मा सामुदायिक बिद्यालयका माद्यामिक तह (९-१२) सम्म अध्यानरत विद्यार्थीलाई छात्रवृत्ति दिने प्रायोजनका लागि कक्षा ८ र १० का विद्यार्थीलाई छात्रवृत्ति फारम भर्न भराउन सूचना प्रकाशित गरेको हो।

    कक्षा ८ र १० का विद्यार्थीहरुले PTM (Proxy Means Testing) फारम भर्न सम्बन्धित बिद्यालयहरुले मिति २०७८ फागुन १ को गोरखापत्रको सुचना अनुसार फारम भर्न बाँकी विद्यार्थी तथा बिद्यालयहरुलाइ केन्द्रले जारी गरेको सुचना बमोजिम फारम भर्न अनुरोध गरेको छ।

    फारम भर्न केन्द्रको वेबसाईट www.cehrd.gv.np वा  https://iemis.cehrd.gov.np लगइन गरि PTM टेम्प्लेटमा फारम Download गर्ने र बिपन्न लक्षित छात्रवृत्ति कार्यन्वयन मापदण्ड २०७८ को प्रक्रिया पुर्‍याइ भर्न सकिने हनाएको छ।

    PTM फारम चैत्र १ देखि चैत्र ३० गते भित्र अपलोड गर्नुपर्ने छ। निर्धारित मिति भन्दा माथी फारम भरेको मान्य नहुने समेत जनाएको छ।

    बिस्तृत जानकारीका लागि हेर्नुस सूचना ।

    FB_IMG_1647596590395.jpg

    images
    शुक्रवार, चैत्र ४ २०७८०३:५३:२८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार