आइतवार, चैत्र १३ २०७८
चैत / १४, काठमाडौ - शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालय, शिक्षा तथा मानव श्रोत किकास केन्द्रले शिक्षक सेवा आयोगको बिज्ञापनको लागि पठाइएको पदहरुको तहगत विवरण पठाउने बारे पत्राचार गरेको छ।
केन्द्रले सबै शिक्षा विकास तथा समन्वय इकाईहरूलाई पत्रचार गर्दै विवरण पठाउन पत्राचार गरेको हो।
केन्द्रले जिल्लाबाट प्राप्त भएको २०७८ चैत्र मसान्त सम्मको रिक्त दरबन्दी विवरण बिज्ञापनको लागि शिक्षा सेवा आयोगमा पठाइ सकिएको र सोही आधारमा आयोगले बिज्ञापन गरिसकेको जनाउदै उक्त दरबन्दीमा केही समय पश्चात् स्थाइ शिक्षकको पदस्थापना हुने भएको ले ती दरबन्दीको ढाँचामा स्थानिय तहगत विवरण सात दिन भित्र पठाउन अनुरोध गरेको छ।
