बुधवार, चैत्र १६ २०७८
चैत / १६, काठमाडौ - शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालय अन्तर्गत बुढानिलकण्ठ स्कुलको तथा साझेदारी कार्यक्रममा सहभागी बिद्यालयहरुमा कक्षं५ देखि आवासीय रुपमा नि:शुल्क वा शहुलियत शुल्कमा अध्यायनका लागि बिपन्न समुदायका जेहेन्दार बालबालिकाहरु मध्यबाट छात्रवृत्तिमा छनोटका लागि सूचना प्रकाशित गरेकोछ।
बि. सं. २०६८ बाईस देखि २०६९ चैत्र मसान्तसम्म जन्म भइ कम्तिमा दुई बर्ष देखि सामुदायिक बिद्यालयमा नियमित रुपमा अध्यायन गरि कक्षा ४ सम्म अध्यायन पूरा गरेका छात्र-छात्रामध्य विभिन्न भौगोलिक क्षेत्र तथा लक्षित समुदायका बालबालिकाहरुले लिखित प्रतियोगितात्मक परिक्षामा योग्यता क्रमका आधारमा विद्यार्थी छनोट गरिने जनाएको छ।
फारम बुझाउन मिति २०७९ बैशाख १८ गते १:०० देखि ४:०० बजे सम्म तथा बैशाख १९ गते बिहान ८:०० बजे देखि १०:०० बजे सम्म bnks.edu.np वा cehrd.gov.np बाट Download गरि रितपुर्वक फारम भर्न सकेछ।
लिखित परीक्षा २०७९ बैशाख १९ गते सोमबार बिहान ११ बजे देखि शुरु हुने जनाइएको छ।


