बुधवार, चैत्र १६ २०७८
चैत/१६,काठमाडौ - शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्रालय, शिक्षा तथा मानव श्रोत बिकास केन्द्रले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत 'पढ्दै कमाउँदै' कार्यक्रमका लागि १४० विद्यालय छनोट गरेको छ । केन्द्रले एक सूचना जारी गर्दै उक्त कार्यक्रमको लागी बिद्यालय छनोट गरेको हो।
स्वीकृत बार्षिक कार्यक्रम वउशीनं ३५०००१०९ राष्ट्रिय शैक्षिक सुधार कार्यक्रम अन्तर्गत पढ्दै कमाउदै कार्यक्रमकालागी विद्यालय सहयोग कार्यक्रममा सामुदायिक विद्यालयसँग प्रस्ताव माग गरिएकोमा निर्देशक समितिको ८ चैत २०७८ मा बसेको बैठकको निर्णयानुसार विद्यालयहरू छनोट गरिएको जनाएको छ।




