Jul 27 2026 | २०८३, श्रावण ११ गते

नयाँ शैक्षिक सत्र २०७९ को विद्यार्थी भर्ना कार्यक्रम सञ्चालन गर्न निर्देशन।

नयाँ शैक्षिक सत्र २०७९ को विद्यार्थी भर्ना कार्यक्रम सञ्चालन गर्न निर्देशन।

  • 1.6K
    SHARES

  • नयाँ शैक्षिक सत्र २०७९ को विद्यार्थी भर्ना कार्यक्रम सञ्चालन गर्न निर्देशन।

    चैत/२२, काठमाडौ - शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालय, शिक्षा तथा मानव श्रोत बिकास केन्द्र (प्रारम्भिक बालबिकास शाखा) ले शैक्षिक सत्र २०७९ को विद्यार्थी भर्ना तथा स्वागत कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको छ। केन्द्रले एक सूचना जारी गर्दै नयाँ शैक्षिकसत्रमा भर्ना कार्यक्रम संचालन गर्न निर्देशन दिएको हो।

    केन्द्रले सबै स्थानीय निकायर र बिद्यालयको लागि 'सबै बालबालिका बिद्यालय पठाउ' 'शिक्षा प्राप्त गर्ने अधिकार सुनिश्चित गरौं' भन्ने मुल नाराका साथ नयाँ भर्ना कार्यक्रम संचालन शुरु गर्ने जनाएको छ।

    केन्द्रले स्थानिय तहलाइ २०७९ बैशाख महिना मै भर्ना संचालन गर्न ब्यबस्था मिलाउने, स्थानिय तह, शिक्षा शाखाक्क एक जना कर्मचारिलाइ सम्पर्क ब्यक्ति तोकि सुचना समन्वय र सहजीकरण गर्न, लगाएत स्थानीय एफ.एम.,  रेडियो लगाएत संचार माध्याम द्वारा स्थानिय भाषामा सचेतनामुलक सुचना प्रशारण गर्न समेत सुझाव निर्देशन दिएको छ। केन्द्रले अभिभावक बिहिन बालबालिकाको अभिभावकत्व ग्रहण गरि त्यस्ता बालबालिकाको भर्ना सहज गर्न समेत जोड दिएको छ।

    केन्द्रले बिद्यालय ब्यबस्थापनको समेत निर्णय गराइ कार्यतालिका सहित भर्ना अभियान चलाउन र भर्ना हुन आउने विद्यार्थीलाई तत्काल भर्ना गरि निशुल्क पाठ्यपुस्तक उपलब्ध गराउन समेत निर्देशन दिएको छ।

    त्यसैगरी शिक्षाशास्त्र बिषयमा कक्षा ११ र १२ संचालन भएका बिद्यालयले सो तहमा अध्यायनरत विद्यार्थीहरुलाइ प्रयोगात्मक कार्यको रुपमा आफ्नी सेवा क्षेत्र भित्र बिद्यालय भित्र रहेका बालबालिकाहरुको लगत संकलन र तिनिहरु बिद्यालय बाहिर रहनुको कारण एबं समस्या पहिचान, बिद्यालय भर्नाकालागी घरदैलो अभियान , सडक नाटक जस्ता कृयाकलापमा परिचालन गर्न समेत जोड दिएको छ।

    यस्तो छ शैक्षिक सत्र २०७९ को विद्यार्थी भर्ना कार्यक्रम सञ्चालन सम्बन्धी सूचना ।

    FB_IMG_1649163225384.jpgFB_IMG_1649163227490.jpg

    images

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार