Jul 27 2026 | २०८३, श्रावण ११ गते

हिसानको आठौं राष्ट्रिय महाधिवेशन चैत २५ र २६ हुने। (बिज्ञप्ति सहित)

हिसानको आठौं राष्ट्रिय महाधिवेशन चैत २५ र २६ हुने। (बिज्ञप्ति सहित)

  • 721
    SHARES

  • हिसानको आठौं राष्ट्रिय महाधिवेशन चैत २५ र २६ हुने। (बिज्ञप्ति सहित)

    चैत / २३, काठमाडौं - हिसान (उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल /HISSAN) को ८ औं राष्ट्रिय महाधिवेशन चैत २५ र २६ गते हुने भएको छ ।

    महाधिवेशनको तयारी बारे जानकारी दिन एक पत्रकार सम्मेलन गर्दै 'शिक्षा विकासमा सार्थक साझेदारी : हिसानको योगदान र जिम्मेवारी' भन्ने मुल नाराका साथ आठौं महाधिवेशन चैत २५ र २६ गते हुने भएको हो ।

    पत्रकार सम्मेलनमा सम्माननिय राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन हुने आठौ राष्ट्रिय एबां महादिवेशन 'नेपालमा शिक्षाको सबलिकरण र निजी क्षेत्रको योगदान' भन्ने विषयमा एक दिवसिय 'हिसान शिक्षा बहसको' समेत उद्घाटन हुने जनाएको छ।

    महादिवेशन नेपालभर संचालित निजी शिक्षालयहरू वीचको एकतालाई मजबुत तुल्याउन, निजी शिक्षालयहरूको समस्या पहिचान गरी सामुहिक रूपमा समस्या समाधान गर्न, दबाब समूहको रूपमा कार्य गर्न, नीति निर्माणमा सकारात्मक भूमिका खेल्न तथा शैक्षिक एवं प्राज्ञिक विकासको कार्यमा महत्वपूर्ण योगदान पुयाई आजको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धालाई ध्यानमा राखी गुणस्तरीय शिक्षा प्रदान गर्न र माध्यमिक विद्यालय तथा उच्च शिक्षालयमा भएको लगानीलाई सुरक्षित गर्न विषेश जोड दिइने जानकारी दिइयो ।

    आठौं महादिवेशन पार्क भिलेज रिसोर्ट बुढानिलकण्ठ काठमाडौंमा हुनेछ भने महाधिवेशनमा ३५ जिल्लाका ६०० शिक्षालयबाट प्रतिनिधिको सहभागिता रहने र ५० जना पर्यवेक्षकहरू गरी ६५० जनाको उपस्थिति रहने जनाइएको छ ।

    पत्रकार सम्मेलनमा बितरण गरिएको विज्ञप्तिमा भनिएको छ “हाल संचालनमा रहेका निजी लागानिबाट संचालित माध्यमिक विद्यालय १०+२ तथा उच्च शिक्षालयहरूको संख्या १९७७ भन्दा बढि पुगिसकेको र करिब ५ लाख ५० हजार विद्यार्थीहरू अध्ययनरत छन् भने २ लाख भन्दा बढी शिक्षक, प्राध्यापक एवं कर्मचारीले प्रत्यक्ष रोजगारी पाएका छन् । राज्यले शिक्षा क्षेत्रमा लगानी गर्नुपर्ने दायित्वलाई घटाउँदै लगेको अवस्थामा निजी शिक्षालयहरूले लगानी बढाउदै गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेका छन् यसले मुलुकको बदलिँदो परिवेश अनुसार निजी शिक्षालयहरूले शिक्षा जगतमा अहम भूमिका खेलेका छन् । शिक्षा सेवा मुलक र व्यावसायिक क्षेत्र भएको साथै निजी शिक्षालयहरुले विद्यार्थी र अभिभावकहरुलाई मात्र नभई सिङ्गो राष्ट्रई पनि प्राज्ञिक एंव शैक्षिक सेवा प्रदान गरी मुलुक प्रतिको दायित्व पुरा गरेको छ ।”

    उत्कष्ट शिक्षा नेपालमै भन्ने नारा साथ उकृष्ट शैक्षिक संस्था र कार्यक्रम हुँदा हुदै पनि विदेशी शिक्षाको नाममा बार्षिक रूपमा लाखौ विद्यार्थीहरू बाहिर जाने र अरबौं रूपैया बाहिरिरहेको सन्दर्भमा शिक्षालय संचालक र सरकार संवेदनशील हुन जरूरी छ । त्यसको लागि निजी क्षेत्र मात्र होइन सामुदायिक क्षेत्रसँग समेत हातेमालो र सहकार्य गर्दै पब्लिक प्राइभेट पाटर्नरसिप मार्फत राष्ट्रको समग्र विकासमा हिसान प्रतिवद्ध रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    यस्तो छ बिज्ञप्तिको पुर्ण पाठ

    Screenshot_20220406-163021_Facebook.jpgScreenshot_20220406-163021_Facebook.jpg

    images
    बुधवार, चैत्र २३ २०७८०६:३७:४२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार