आइतवार, माघ ४ २०७७
सरकारको आफ्नै प्रतिवेदनले भन्छ, सामुदायिक विद्यालयमा ५७ हजार शिक्षकको दरबन्दी अपुग छ । त्यसै त दरबन्दीको अभाव खेपिरहेका विद्यालयलाई कक्षा ११ मा बोझिलो ७ विषयमा शिक्षकको व्यवस्थापन गर्न चुनौतीपूर्ण देखिन्छ । भवन अभावमा कक्षा ११ र १२ बिहानी सत्रमा चलिरहेका विद्यालयका लागि समय व्यवस्थापन अर्को चुनौती हुनेछ ।
सरकारले थप शिक्षकको व्यवस्थापन नगर्ने हो भने विद्यालयले आफ्नै स्रोतमा शिक्षकको व्यवस्थापन गर्नुपर्ने हुन्छ । सोको अतिरिक्त भार विद्यार्थीकै टाउकोमा आइपर्छ । कलेज र विद्यालयलाई विद्यार्थीबाटै अहिले उठाइरहेको शुल्कभन्दा बढी शुल्क उठाउनुको विकल्प रहनेछैन । निजी विद्यालयलाई यहि बहानामा शुल्क थप चर्काउने बहाना मिल्नेछ ।
आशा छ मेरो सरकारले यसबारेमा पक्कै केही सोच्नेछ ।