Jul 27 2026 | २०८३, श्रावण ११ गते

कक्षा ११ को परिक्षा जेठको तेस्रो हप्ता देखी संचालन गर्न निर्देशन। (सूचना सहित)

कक्षा ११ को परिक्षा जेठको तेस्रो हप्ता देखी संचालन गर्न निर्देशन। (सूचना सहित)

  • 1.6K
    SHARES

  • कक्षा ११ को परिक्षा जेठको तेस्रो हप्ता देखी संचालन गर्न निर्देशन। (सूचना सहित)

    चैत,२५/ काठमाडौ - नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ को परिक्षा जेठको तेस्रो हप्ता देखि संचालन गर्न निर्देशन दिएको छ। बोर्डले कक्षा ११ को परिक्षा सम्बन्धी अत्यन्तै जरुरी सूचना प्रकाशित गर्दै यस्तो निर्देशन दिएको हो।

    परिक्षा नियन्त्रण कार्यलय सानोठिमी ले २०७८ मा रजिस्ट्रेशन भइ देशका विभिन्न बिद्यालयहरुमा कक्षा ११ मा अध्यायनरत विद्यार्थीहरुको Online Registration सम्बन्धी विवरण रुजु गर्ने कार्य भैरहेको तथा उक्त कार सम्पन्न भए पश्चात् पश्चात्  कक्षा ११ को परीक्षा सञ्चालन, ब्यबस्थापन, मूल्याकंन र प्रमाणीकरण गर्ने सम्बन्धी कार्यबिधी २०७७ अनुसार रजिस्ट्रेसन नम्बर सहित परिक्षामा प्रयोग गर्ने सिम्बोल नम्बर प्रदेश परिक्षा ब्यबस्थापन /शाखा कार्यलय मार्फत उपलब्ध गराइने ब्यहोरा जानकारी गरेको छ। बोर्डका अनुसार विद्यार्थीले कक्षा ११ को परिक्षा बोर्ड द्वारा उपलब्ध गराएको सिम्बोल नम्बर उल्लेख गरि परिक्षा दिनुपर्ने जनाएको छ।

    राष्ट्रिय परीक्षा बोर्डले तोकेको मापदण्ड अनुरुप हरेक बर्सको जेठको तेस्रो साता देखि परीक्षा संचालन गर्ने ब्यबस्था रहेकोले सोको आधारमा शैक्षिक बर्स २०७८ को कक्षा ११ को परीक्षा २०७९ जेठ १६ देखी संचालन हुने कक्षा १२ को बार्षिक परीक्षा संग नजुध्ने गरि जेठको तेस्रो हप्ता देखि संचालन गर्न समेत निर्देशन दिएको छ।

    यस्तो छ सूचना ।

    FB_IMG_1649406295816.jpg

    images
    शुक्रवार, चैत्र २५ २०७८०२:३३:२६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार